चीनको वुहानमा पठनपाठन शुरु



२४ वैशाख २०७७, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)को पहिलो इपिसेन्टर मानिसएको चीनको वुहानमा विद्यालयहरु खुल्न थालेका छन् ।

डिसेम्बरमा कोरोनाको उत्पती भएको वुहान शहरमा बुधबार (आज) देखि विद्यालयहरु खुलेका हुन् । जनवरीदेखि बन्द रहेका त्यहाँका विद्यालयहरु झण्डै पाँच महिनापछि खुलेका हुन् ।

त्यहाँका १२१ विद्यालयहरुमा पठनपाठन शुरु भएको छ । परीक्षाको तयारीमा रहेका हाइस्कूलका विद्यार्थीहरु आजदेखि वुहानका झण्डै ५७ हजार विद्यार्थी स्कूल फर्किएको चीनको सरकारी समाचार संस्थाले जनाएको छ ।

कक्षा कोठामा ३० जना भन्दा बढी विद्यार्थी नराख्ने र डेढ मिटरको दूरी कायम गर्ने गरी डेस्कको व्यवस्था गरेर विद्यालय खुलाइएको हो । पाँच महिनापछि विद्यालय जान पाउँदा विद्यार्थी खुशी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सीको सहयोगमा-

|तस्वीरमा वुहानको स्कूल। श्रोतः|

प्रतिक्रिया दिनुहोस्