अमेरिका : घरपालुवा कुकुरमा पनि ‘कोभिड १९’



१७ वैशाख २०७७, काठमाडौं

अमेरिकाको नर्थ क्यारोलिनामा एक घरपालुवा कुकुरमा ‘सार्स कोभ २’ भाइरस फेला परेको छ ।

यही भाइरसका कारण मानिसमा कोभिड १९ को महामारी शुरु भएको थियो । डुक युनिभर्सिटीका अनुसन्धानकर्मीले न्यूयोर्कबाट प्रकाशित हुने टाइम म्यागेजिनलाई दिएको जानकारीअनुसार अमेरिकामा कुकुरमा कोभिड १९ भेटिएको यो पहिलो घटना हो ।

अमेरिकामा गत २२ अप्रिलमा न्यूयोर्कका फरक स्थानमा दुई वटा घरपालुवा बिरालामा पनि ‘सार्स कोभ २’ को संक्रमण फेला परेको थियो । दुवै बिराला हाल उपचाररत छन् ।

न्यूयोर्ककै ‘ब्रोंक्स’ नामक चिडियाखानामा एक बाघमा पनि गत ५ अप्रिलमा ‘सार्स कोभ २’ को संक्रमण फेला परेको थियो । कुकुरमा ‘सार्स कोभ २’ भेटिएको परिवारका बाबु, आमा र छोरामा कोभिड १९ पोजिटिभ पाइएको थियो ।

“अमेरिकामा कुकुरमा कोभिड १९ पोजिटिभ भेटिएको यो पहिलो केस हो ।” प्रमुख अनुसन्धानकर्ता डा. क्रिस वुड्सले भनेका छन्, ‘यसबारे थप तथ्य सार्वजनिक गर्न समय लाग्छ ।’

गत फेब्रुअरीको अन्तिममा हङकङमा मानिसबाट जनावरमा भाइरस सरेको फेला परेको थियो । एजेन्सीको सहयोगमा–

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्