बन्द भएको सहायता विश्व स्वास्थ्य संगठनले कहिल्यै पाउँदैन : अमेरिकी विदेशमन्त्री



१२ वैशाख २०७७, काठमाडौं

अमेरिकी विदेशमन्त्री माइक पम्पिओले विश्व स्वास्थ्य संगठनको संरचनामा आमूल परिवर्तनको आवश्यकता औंल्याएका छन् ।

“अमेरिकाले डब्लूएचओलाई दिँदै आएको सहायता अब फेरि फर्काउने छैन । उसको साटो वैकल्पिक संरचना तयार गर्न सक्छ ।”उनले भने ।

हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्रेटिक पार्टीका सांसदहरूले राष्‍ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले डब्लूएचओलाई कोराना भाइरसको संक्रमणविरुद्धको लडाइँमा विचलित बनाउने प्रयास गरेको आरोप लगाएपछि विदेशमन्त्री पम्पिओ संगठनविरुद्ध खनिएका हुन् ।

राष्‍ट्रपति ट्रम्पलाई पत्र लेख्दै उक्त पार्टीका सांसदहरूले डब्लूएचओलाई दिइँदै आएको सहायता तत्काल खुला गर्न माग गरेका छन् । राष्‍ट्रपति ट्रम्पले गत साता उक्त सहायता बन्द गराएका थिए ।

डब्लूएचओ चीनमा केन्द्रित भएको र चीनको गलत सूचनालाई बढावा दिने गरेको आरोप ट्रम्पले लगाउँदै आएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार डब्लूएचओको भूमिकालाई कुनै अर्कै संगठनद्वारा कमजोर बनाउनेबारेमा छलफल भइरहेको उनले प्रष्‍ट्याए । एजेन्सीको सहयोगमा–

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्