कोरोना परीक्षण नमूना बोकेको विश्व स्वास्थ्य संगठनको गाडीमाथि आक्रमण, चालकको मृत्यु



१० वैशाख २०७७, काठमाडौं

म्यानमारको रखाइन राज्यको मिन्ब्यामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को गाडीमाथि आक्रमण हुँदा चालकको ज्यान गएको छ ।

कोरोना भाइरसको परीक्षण स्याम्पल बोकेको गाडीमाथि अज्ञात समूहले अन्धाधुन्द गोली प्रहार गरेको हो । आक्रमणमा परेर गाडीका चालकको मृत्यु भएको र एक सरकारी अधिकारी गम्भीर घाइते भएको सिएनएनले जनाएको छ ।

उक्त आक्रमणमा चालक २९ वर्षीय प्ये सोने विन माउङको निधन भएको हो । डब्लुएचओले सो आक्रमणको भत्सर्ना गरेको छ । डब्लुएचओकी दक्षिणपूर्वी एसिया निर्देशक पुनम खेत्रापाल सिंहले स्वास्थ्यकर्मीमाथि हुने सबैखाले हिंसाको निन्दा गरेकी हुन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि सो घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।एजेन्सीको सहयोगमा-

 

प्रतिक्रिया दिनुहोस्