कोरोना संक्रमित हुँदा पनि आत्मबल बढाउनुस्, केही हुन्न : संक्रमित प्रसिद्धी श्रेष्ठ



०६ वैशाख २०७७, काठमाडौं

नेपालको केशमा दोश्रो कोभिड १९ [कोरोना भाइरस] संक्रमित प्रसिद्धी श्रेष्ठले आफू कोरोना संक्रमित हुँदा पनि आत्मबल बढाए केही पनि नहुने बताएकी छन् ।

डिस्चार्जपछि नियमित रुपमा स्वास्थ्य मन्त्रालयद्वारा आयोजित कोरोना ब्रिफिङ्गमा आफ्नो केरोनाबारेको अनुभव बाँड्न उपस्थित भएकी श्रेष्ठले कोरोना संक्रमण देखिएपछि आफू कति पनि नअत्तालिएको बताउँदै सबैमा यस्तो अनुरोध गरेकी हुन् ।

“कोरोनाको लक्षण वा संक्रमित हुँदा पनि केही हुँदैन । तर तपाईँसँग आत्मबल भने हुनुपर्छ ।” उनले भनिन्, ‘मलाई कोरोना संक्रमण पोजिटिभ देखिएपनि म नआत्तालिकन धैर्यता गरिरहें । अन्ततः कोरोनालाई जितें ।’

यस्तै उनले आफ्नो उपचारमा संलग्न सबै चिकित्सकहरुलाई धन्यवाद पनि दिएकी छन् । हाल नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । स्वास्थ्यलाभ लिएर घर फर्किनेमा श्रेष्ठ दोश्रो हुन् ।

|तस्वीरमा प्रसिद्धी श्रेष्ठ। सौजन्यः नेपाल टेलिभिजन|

प्रतिक्रिया दिनुहोस्