वैज्ञानिकहरुको सुझाव : ‘सन् २०२० मा सामाजिक दूरी कायम गरौं’



०४ वैशाख २०७७, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस) जोगिनका लागि सामाजिक दूरी कायम राख्नेलगयातका सबै नियमहरुको पालना लामै समयसम्म गर्नु पर्ने भएको छ ।

अमेरिकाको हार्वर्ड विश्व विद्यालयका वैज्ञानिकहरुले कोरोनाविरुद्धका नियमहरु पालना गर्ने क्रमलाई सन् २०२२ सम्म वा यसलाई निको पार्ने खोप पत्ता नलागेसम्म लम्ब्याउनु पर्ने बताएका हुन् ।

उनीहरुका अनुसार भाइरससँग लड्ने यो पहिलो चरणको प्रभावकारी प्रयास हो । यदी ‘लकडाउन्’ खुल्ला गर्ने र सावधानीका लागि अपनाईएका सबै नियम तोड्ने हो भने यो कोरोना भाइरस पुनः घातक रुपमा सक्रिय हुने हार्वर्ड युनिभर्सिटीको टीएच चेन स्कुल अफ पब्लिक हेल्थका वैज्ञानिकहरुले चेतावनी दिएका हुन् ।

वैज्ञानिकहरुको यस्तो चेतावनीसहितको अध्ययन प्रतिवेदन हालै मात्र साइन्स् जर्नलमा प्रकाशित भएको थियो । वैज्ञानिकहरुले सामाजिक दूरी पालना गर्नाले कोरोना संक्रमणको गतिलाई रोक्न सकिने बताउँदै सन् २००३ मा ‘सार्स सि ओ बी– वान’ भन्ने भाइरस फैलिँदा पनि यही उपायबाट सफलता हात लागेको दावी गरेका छन् ।

अहिलेको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै कम्तीमा २० हप्ता अर्थात् १ सय ४० दिनसम्म सावधानी अपनाउन वैज्ञानिकहरुले जोड दिएका छन । ‘लकडाउन्’ हटाउनुअघि ‘लकडाउन्’बाट प्राप्त भएका फाइदा र सफलताबारे अध्ययन गर्न पनि कम्तिमा २ हप्ता पर्खन विश्व स्वास्थ्य संगठनलेसमेत आग्रह गरेको छ ।

कोरोना भाइरसले बेला बखत आफ्नो रंग बदल्ने भएकाले निकै खतरनाक भएको वैज्ञानिकहरुको तर्क छ । यही कारणले नै कसैमा लक्षण देखिने र कसैलाई लक्षण बिनै कोरोनाको चपेटामा पर्ने अवस्था आएको उनिहरुको भनाइ छ ।

चीनमा अवस्था सामान्य भएको भनिए पनि पुनः संक्रमण शुरु भएको उदाहरण दिँदै वैज्ञानिकहरुले यस्तो अवस्था जहाँ कहीँ पनि आउन सक्ने भन्दै विश्व समुदायलाई सचेत गराएका छन् । एजेन्सीको सहयोगमा–

|सांकेतिक -फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्