कोरोनाविरुद्ध लड्न इरानले आइएमएफसँग माग्यो पाँच अर्ब डलर



२६ चैत्र २०७६, काठमाडौं

इरानले कोभिड १९ (कोरोना भाइरस)विरुद्ध लड्न अन्तर्राष्ट्रिय मुद्राकोष [आइएमएफ]सँग पाँच अर्ब डलर माग गरेको छ ।

राष्ट्रपति हसन रुहानीले कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाँच अर्ब डलरको आपत्कालीन सहायता दिन आइएमएफसँग अपिल गरेका हुन् ।

समाचार एजेन्सी रोयटर्सकाअनुसार राष्ट्रपति रुहानीले मन्त्रिपरिषद् बैठकमा अन्तर्राष्ट्रिय संगठनसँग आफ्नो जिम्मेवारी निभाउन अपिल गरेका हुन् ।

“हामी आइएमएफका सदस्य हौं । ऋण दिने कुरामा कुनै भेदभाव हुनु हुँदैन ।” इरानी राष्ट्रपति रुहानीले भने । रुहानीले अमेरिकी प्रतिबन्धको पनि निन्दा गर्दै यसलाई ‘आर्थिक र मेडिकल आतंकवाद’को संज्ञा दिएका बीबीसीले जनाएको छ । एजेन्सीको सहयोगमा–

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्