यौनकर्मी भन्छन्, ‘हामीलाई भाइरसको भन्दा भोकको डर छ’



२४ चैत्र २०७६, काठमाडौं

विश्वको सबै शहरहरुका मसाज पार्लर, होटल तथा रेष्टुँरासँगै डान्स बारहरु बन्द भएका छन् । खासगरी पेशाकै रुपमा यौन धन्दा अपनाएका यौनकर्मी युवतीहरुलाई यसले प्रत्यक्ष असर पारेको छ ।

तिनैमध्ये एक हुन् पिम, जो अहिले घरबेटीलाई कसरी भाडा तिर्ने भन्नेबारे चिन्तित छिन् । सुनसान सडकमा निस्किन पिमलाई डर लाग्छ । तर पनि पेट पाल्नु त छ ।

बैंककदेखि पतायासम्मका सबैजसो नाइट क्लब र मसाज पार्लरहरु बन्द भएपछि पर्यटकको आगमन नै रोकिएको छ । जसले गर्दा लगभग ३ लाख यौनकर्मीहरुको पेशा खोसिएको छ ।

तै पनि कतिपय त सडकमै ग्राहक खोजदै भौँतारिन बाध्य देखिन्छन् । ‘भाइरसदेखि डर लागिरहेको छ । तर मलाई ग्राहकको खाँचो छ । जसले गर्दा मलाई भाडा र खानाको खर्च जोहो गर्न सजिलो हुनेछ ।’ ३२ वर्षीया ती यौनकर्मी पिम भनेकी छिन् ।

पिम तेस्रोलिंगी यौनकर्मी हुन् । जो यसै गरी डान्सबार र मसाज पार्लर बन्द भए पनि मध्य रातमा सुनसान सडकमा ग्राहकको खोजीमा भौँतारिँदै छिन् ।

शुक्रबारदेखि थाइल्याण्डमा राति १० बजेदेखि बिहान ४ बजेसम्मका लागि कर्फ्यू लगाइएको छ । बार तथा रेष्टुँराहरु केही दिनअघिदेखि नै बन्द छन् । बैंककका बारहरुमा काम गर्ने यौनकर्मीहरु, जो ग्राहकको टिप्समा निर्भर हुन्थे र घरमै जान तयार हुन्थे ।

उनीहरुका लागि यो कर्फ्यूसँगै रोजीरोटी पनि खोसिएको छ । जब यस्ता बार तथा रेष्टुँराहरु अचानक बन्द भए, उनीहरुको पेशा पनि संकटमा परेको छ । अन्ततः पिमजस्तै अन्य यौनकर्मीहरु पनि ग्राहक खोज्दै सडकमा जान बाध्य भएका हुन् ।

सरकारले भने कोरोना संक्रमण नियन्त्रणका लागि २४ घण्टे कर्फ्यू लगाउन तयार रहेको जनाएको छ । थाइल्याण्डमा २ हजार भन्दा धेरै संक्रमित हुनुका साथै २० जनाको मृत्यु भइसकेको छ ।

पिम राति यसरी भौँतारिए पनि १० दिनदेखि ग्राहक नै भेटिएका छैनन् । उनकी साथी एलिस पनि रात्रिकालीन कर्फ्यूसँगै सडकमा निस्किन बाध्य भइन् । ‘म कहिलेकाहीँ हप्तामै ३ सय देखि ६ सय डलरसम्म कमाउँथे । तर जब व्यवसाय बन्द भयो । मेरो कमाइ पनि रोकियो । हामी विपन्न भएरै यस्तो काम गर्न बाध्य छौं । यदी हामीले भाडा तिर्न सकेनौं भने तिनिहरुले लात हान्नेछन् ।’ एलिसले भनिन् ।

रातको समयमा काम गर्ने यौनकर्मीहरुको पेशा नै कठिन छ । लुटेराहरुको उत्तिकै डर हुन्छ । पहिलेदेखि नै जोखिममा रहेका यौनकर्मीहरुका लागि कोरोना भाइरसका कारण झनै जोखिम बढेको छ ।

एलिस भन्छिन्, ‘हामीलाई भाइरस भन्दा पनि भोकको डर छ ।’ एजेन्सीको सहयोगमा-

|प्रतिकात्मक/फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्