‘कोरोना उपचार’मा ठूलो सफलता-‘पुराना बिरामीको रगतबाट नयाँ बिरामीको सफल उपचार’



१९ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)बाट संक्रमितहरुलाई उपचार गर्ने एउटा नयाँ विधि पत्ता लागेको छ । उक्त विधिबाट कोरोनाका पाँच संक्रमितको सफल उपचार पनि भइसकेको दावी गरिएको छ ।

ती पाँच व्यक्तिको उपचार पहिले कोरोना भएर निको भएका व्यक्तिको रगतको माध्यमबाट गरिएको बताइएको छ । चीनका विभिन्न अस्पतालमा गरिएको बताइएको छ ।

उक्त परीक्षण सफल भएको सामाचार संस्था रोयटर्सले जनाएको छ । उसका अनुसार उपचार गरिएका पाँच बिरामीमध्ये तीनजना डिस्चार्ज पनि भइसकेका छन् ।

अन्य दुई जनाले पनि स्वास्थ्य लाभ लिइरहेका र छिट्टै घर पठाइने जनाइएको छ । पाँचजना संक्रमितको उपचारमा संलग्न चिकित्सकले पुराना बिरामीको रगतको माध्यमबाट उपचार गर्दा नयाँ बिरामी ठिक भएको दावी गरेका ‘डेली मेल’ले जनाएको छ ।

चीनको ‘द शेनझेन थर्ड पिपुल्स हस्पिटल’ले आफ्नो प्रयासमा बिरामी निको भएको रिपोर्ट गत २७ मार्चमा सार्वजनिक गरेको थियो । अस्पतालकाअनुसार निको भएका पाँच बिरामी ३६ देखि ७३ वर्षसम्मका रहेका छन् ।

वैज्ञानिकले पुराना निको भएका बिरामीको रगतबाट नयाँ बिरामीको उपचार गर्ने विधिलाई ‘कोभेलेसेन्ट प्लाज्मा’को नाम दिएका छन् । यसरी धेरै बिरामी निको पारिएको छ ।

यसरी हुन्छ उपचार-
यसमा पुराना निको भएका व्यक्तिको रगत नयाँ बिरामीको रगतमा मिसाएर रोग प्रतिरोधात्मक क्षमता बढाउने गरिन्छ । उक्त रगतले शरीरमा प्रवेश गरेसँगै ‘एन्टीबडी’ बन्छ ।

एन्टीबडी भाइरससँग लडेर उसलाई मार्न सक्षम हुन्छ । कोरोनाको उपचारका लागि चीनको ‘नेशनल क्लिनिकल रिसर्च सेन्टर’को मुख्य संलग्नता थियो ।

झण्डै १० दिन पहिलेको कुरा हो । अस्पतालमा पाँच जना गम्भीर कोरोना संक्रमित रहेका थिए । तीमध्ये ३ पुरुष र २ महिला थिए । ‘शेनझेन अस्पताल’का डाक्टरले पुराना ठिक भएका बिरामीको रगतबाट ती व्यक्तिमा रगत दिए ।

अस्पतालका उपनिर्देशक लिउ यिङ्गजियाले ३० जनवरीबाट नै यसको परीक्षणको प्रक्रिया थालिएको बताएका छन् । निको भएका बिरामीको रगतबाट प्लाज्मा निकालेर स्टोर गरिएको थियो ।

जब नयाँ बिरामी आएर उनीहरुमा प्लाज्माको डोज दिइएको थियो । उनीहरुमा सफलता देखिएको उनको दावी छ । लिउ यिङ्गजियाले अब संसारभर यसको प्रयोग गर्न सकिने बताएका छन् ।

यो विश्वासिलो र जुनसुकै देशमा पनि प्रयोग गर्न सकिने उपचार विधि भएको उनले दावी गरेका छन् । विश्व स्वास्थ्य संगठनका हेल्थ इमरजेन्सी कार्यक्रमका प्रमुख डा. माइक रियानले यो विधिलाई उपयुक्त र सबैले प्रयोग गर्न सकिने बताएका छन् ।

समयअनुसार यो कदम सबैका लागि खुशीपूर्ण रहेको उनको भनाइ छ। डा. माइक रियानले पुराना बिरामी जो निको भएका छन्, उनीहरुको रगतबाट निकालिएको प्लाज्माले नयाँ बिरामीमा रोग प्रतिरोधात्मक क्षमता बढाएको बताएका छन् ।

उक्त प्लाज्माले कोरोलाई मार्ने गर्छ । एजेन्सीहरुको सहयोगमा–

|तस्वीरमा पुराना बिरामीको प्लाज्मा प्रयोग। श्रोतः डेली मेल|

प्रतिक्रिया दिनुहोस्