कोरोना महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती : राष्ट्रसंघ



१९ चैत्र २०७६, काठमाडौं

विश्वले ठूलो चुनौतीको सामना गरिरहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सचेत गराएका छन् ।

“यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका घटनासँग हुँदैन ।’ गुटेरेसले भनेका छन् ।

कोरोना भाइरस महामारीको सामाजिक आर्थिक प्रभावसम्बन्धी एक राष्ट्रसंघीय प्रतिवेदन सार्वजनिक कार्यक्रममा महासचिव गुटेरेसले भनेका छन्, ‘यो नयाँ रोगले मानिसहरूको जीवन र जीविकामा असर गर्दै समाजहरूको मुटुमै प्रहार गरेको छ ।’

यस्तै राष्ट्रसंघ प्रमुखले महामारीको प्रभाव कम गर्दै अन्त्य गर्नको लागि तत्काल सबैको सहकार्य सहितको स्वास्थ्य सहायता आवश्यक रहेको बताए ।

राष्ट्रसंघको अनुमानअनुसार यस महामारीले विश्वभर झण्डै दुई करोड पचास लाख मानिसहरूले रोजगारी गुमाउनेछन् ।

विश्वव्यापी प्रत्यक्ष वैदेशिक लगानीको लहरमा ४० प्रतिशतले कमी आउने उक्त प्रतिवेदनमा जनाइएको छ । बीबीसीबाट-

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्