कोरोना नियन्त्रण अभियानका लागि गरिमा विकास बैंकले ३५ लाख रुपैयाँ दिने



१९ चैत्र २०७६, काठमाडौं

कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा उपचार अभियानका लागि गरिमा विकास बैंक लिमिटेडले ३५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

कोरोना प्रभाव न्यून होस् भन्ने उद्देश्यले सरकारले लकडाउन गरिरहेको अवस्थामा दैनिक उपभोग्य वस्तुको जोहो गर्न समेत धौधौ परिरहेका समुदायलाई खानाको व्यवस्था गर्न तथा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको व्यवस्थापन मिलाउन सरकारलाई थप राहत होस् भनेर उक्त रकम उपलब्ध गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बैंकले उक्त रकम प्रदेशहरुले स्थापना गरेका कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रत्येक प्रदेशलाई पाँच लाखका दरले जम्मा गरिदिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्