स्वास्थ्य सामग्रीसहित उडेको स्काई ट्रक बीच बाटोबाटै फर्कियो



१७ चैत्र २०७६, काठमाडौं

स्वास्थ्य सामग्री लिएर काठमाडौंबाट उडेको नेपाली सेनाको स्काई ट्रक बीच बाटोबाटै फर्किएको छ ।

प्रदेश नं. १ र सुदूरपश्चिम प्रदेशका लागि स्वास्थ्य सामग्री लिएर उडेको स्काई ट्रक गन्तव्यमा नपुर्‍याइ काठमाडौं फर्किएको हो ।

कोरोना संक्रमण रोकथामका लागि मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीआइ) लगायतका सामग्री लिएर स्काई ट्रक सोमबार (आज) बिहान काठमाडौंबाट उडेको थियो ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले प्राविधिक समस्याका कारण विमान फर्किएको बताएका छन् । श्रोतका अनुसार स्काई ट्रकमा भएको स्यानिटाइजरबाट एक प्रकारको राग आएपछि सैनिक पाइलटले विमान फर्काउनुपर्ने बताएका थिए ।

|तस्वीरमा सेनाको स्काई ट्रक। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्