अब पाँच मिनेटमै ‘कोरोना’ परीक्षण



१६ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस) परीक्षणको नतिजा सबैभन्दा छिटो दिनसक्ने प्रविधि तयार भएको छ ।

कोरोना संक्रमण परीक्षणका लागि विभिन्न किसिमको झन्झटको सामना गरिरहेको अवस्थामा अमेरिकी कम्पनी एबोट्ले सबैभन्दा छिटो भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको हो ।

यो प्रविधिले पाँच मिनेटमा प्रयोगशालाको झन्झट् बिना नै नतिजा दिनसक्छ । अहिले समग्र विश्वले कोरोनाको महामारीको सामना गरिरहेको अवस्थामा विकास गरिएको यो प्रविधि आगामी दिनमा भाइरस नियन्त्रणको लागि समेत निकै महत्वपूर्ण सावित हुने अपेक्षा छ ।

यो प्रविधिलाई अमेरिकाको ‘फूट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन’ [एफडीए] ले अनुमति दिइसकेको छ । आगामी साताबाट दैनिक ५० हजारको दरले यो मेसिन निर्माण शुरु हुने बताइएको छ ।

अहिले अमेरिकामा यसलाई भाइरस परीक्षणको अनुमति दिइए पनि यसको नतिजा कति प्रतिशत सही छ भन्ने कुरा भने सार्वजनिक गरिएको छैन ।

यो मेसिनले बिरामीमा भाइरसको आरएनए कति छ भन्ने कुराको पहिचान गर्ने भएकाले शरीरमा भाइरसको उपस्थिति कति छ भन्ने कुरा यसले पत्ता लगाउन सक्छ ।

‘एबोट’ले अप्रिलमा यो मेसिनबाट ५० लाख मानिसमा कोरोना भाइरसको परीक्षण हुनसक्ने बताएको छ । एफडीएले यसलाई गत मार्च १८ मा अनुमति दिएको थियो । एजेन्सीको सहयोगमा-

|फाइल तस्वीर। एजेन्सी|

प्रतिक्रिया दिनुहोस्