सेनाले बनायो ‘कोरोना’बारे सूचना दिने मोबाइल एप



१६ चैत्र २०७६, काठमाडौं

नेपाली सेनाले कोेभिड १९ (कोरोना भाइरस)को रोकथाम, प्रतिकार र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन मोबाइल एप बनाएको छ ।

उक्त एपले ‘क्राउड सोर्सिङ्ग’ अवधारणा बमोजिम सर्वसाधारणबाट सूचना प्राप्त गरी आकस्मिक सेवा प्रवाह गर्न सहयोग गर्नेछ ।

‘कोभिड–१९ रेस्पोन्स एप–नेपाल’ नाम दिएको उक्त एपमा परिवार, छरछिमेक तथा साथीभाइमा कोभिड–१९ को लक्षण देखिएमा उक्त विवरण पठाउन सकिने व्यवस्था छ ।

उक्त एपमार्फत् नै सूचना एवम् जानकारी सम्प्रेषण गर्न सकिन्छ । एपमार्फत् प्राप्त हुने तथ्याकंलाई नेपाली सेनाले आवश्यक व्यवस्थापन एवम् विश्लेषण तथा बिरामीसँगको पहुँच स्थापना गर्न प्रयोगमा ल्याउने जनाएको छ ।

तत्काल नेपाली सेनाको वेभसाइट ‘नेपालआर्मी डट मिल डट एनपी’ बाट उक्त एप डाउनलोड गर्न सकिने र छिट्टै गुगल प्ले स्टोरमा समेत व्यवस्था गरिने नेपाली सेनाले विज्ञप्ती जारी गरी उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्