राष्ट्रसंघका ८६ कर्मचारी ‘कोरोना संक्रमित’



१६ चैत्र २०७६, काठमाडौं

संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी कोभिड १९ (कोरोना भाइरस)बाट संक्रमित भएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरू पनि भएका हुन् ।

राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार संक्रमितमध्ये अधिकांश यूरोपेली मुलुकमा खटिएका कर्मचारी रहेका छन् ।

त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि संक्रमित भएका बताइएको छ ।

बिरामी भएकामध्ये अधिकांशको अवस्था सामान्य रहेको पनि प्रवक्ता डुजारिकले जानकारी दिएका छन् ।

उनीहरूले घरबाटै काम गरिरहेको पनि प्रवक्ता डुजारिकको बताएका छन् ।

राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा झन्डै चार हजार कर्मचारीमध्ये गत बिहीबार ७० जनाले कार्यालयमा रहेर काम गरेका थिए ।

त्यसैगरी भियनामा ९७ प्रतिशतभन्दा बढी राष्ट्रसंघका कर्मचारीले अहिले नियमित रुपमा टाढा बसेर काम गरिरहेका छन् भने अडिस आबाबा र इथोपियाका ९९ प्रतिशत कर्मचारीले घरमै बसेर काम गरेका छन् । एजेन्सीको सहयोगमा-

|तस्वीरमा राष्ट्रसंघको आधिकारिक लोगो। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्