सामाजिक क्षेत्रका एक उर्जाशील युवा रक्की प्रसाद साह



०६ फागुन २०७६, काठमाडौं

सामाजिक क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आएका एक उर्जाशील युवा हुन्, रक्की प्रसाद शाह । उनको जन्म २०५७/०७/०३ गते धनुषा जिल्लाको जनकपुरमा भएको हो ।

सानै उमेरदेखि साहले बालबालिकाको क्षेत्रमा काम  गर्दै आएका छन् । यस  क्षेत्रमा उनले बालबालिकाको हकहितका लागि आवाज उठाउँदै आएका छन् । उनले पहिला बाल क्लबबाट आफ्नो यात्रा शुरु गरे । पहिला उनलाई बाल क्लब भनेको के हो ? र बालबालिकाको परिभाषा पनि राम्रोसँग थाहा थिएन । बिस्तारै उनले बाल क्लब मार्फत विभिन्न तालिमहरु लिन थाले । त्यसैगरी विभिन्न कार्यक्रममा सहभागीता जनाउन थाले । जस अनुरुप उनले जनकपुरमा पिछडिएका बालबालिकाको अवस्था बारे बुझ्दै गए । आफ्नो क्षेत्रका बालबालिकाको समस्याहरुलाई बाल क्लब मार्फत समाधान गर्ने अठोट लिदै त्यसलाई पुरा गर्दै गए ।

काम गर्दै जाँदा बाधा आएन भने हामीलाई काम गर्न मन लाग्दैन । काम गर्दै जाने क्रममा धेरै बाधाहरु आए । एकचोटी बालविवाह रोक्न जादा निकै समस्या आयो – उनले बताए । उनी भन्छन्, ‘कानुनमा पनि बाल विवाह नगर्नु भनेको छ । विवाहवारी २० वर्ष पारी भन्ने नाराहरु पनि छन ।’ उनले स्थानीय प्रशासनको मद्दतबाट धेरै बाल विवाह रोक्न सफल भए । साहले आफ्नो क्षेत्रमा बालबालिकालाई सानै उमेरमा विवाह गर्न हुँदैन भनेर तालिमहरु पनि दिदै आएका छन । उनको कामबाट आज धेरैले प्रेरणा समेत लिएका छन् ।

बाल अधिकारकर्मी साह भन्छन्, ‘अबको मेरो योजना भनेको नेपाललाई समृद्ध नेपाल सुखी नेपाली बनाउने हो । यसका साथै बालमैत्री स्थानीय शासनलाई नेपाल भर लागू गर्ने र युवाको क्षेत्रमा काम गर्ने हो ।’

भिडियोमा हेर्नुहोस् बाल अधिकारकर्मी रक्की प्रसाद साहसँगको कुराकानी :

प्रतिक्रिया दिनुहोस्