क्यान्सर भएको कसरी थाहा पाउने? बच्न यसो गर्नुहोस्



२० माघ २०७६, काठमाडौं

क्यान्सरलाई धेरैले डरलाग्दो रोगको रुपमा लिन्छन्।

समयमै ख्याल गरेन भनेर क्यान्सर फैलिदैं गएर अकालमा ज्यान पनि जान सक्ने भएकाले यो डरलाग्दो रोग नै हो।

त्यसैले, कसरी थाहा पाउने क्यान्सर भएको?

अमेरिकी क्यान्सर सोसाइटीले लामो अध्यनपश्चात् क्यान्सरका लक्षण प्रकाशित गरेको छ। यी मध्ये कुनै पनि लक्षण देखापरेमा क्यान्सर भएको हुन सक्छः

-खाना अपच वा निल्न गाह्रो भएमा,

-स्तन वा अन्य ठाउँमा नदुख्ने गिर्खा आएमा,

-निको नहुने गरी खोकी वा स्वर धोक्रो भएमा,

-कोठीको आकार बढेर ठूलो हुँदै गएमा,

-निको नहुने घाउ भएमा,

-घाउबाट अत्यधिक रक्तस्राव या पिप आएमा,

-दिसा वा पिसाबको तालिका फेरिएमा,

क्यान्सर रोकथाम कसरी गर्ने?

-क्यान्सर रोगको औषधि गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम मानिन्छ। त्यसैले यसका कारक तत्वहरुवाट टाढा हुनु निकै राम्रो हुन्छ।

-कतिपय वस्तु वा खाद्य पदार्थको प्रयोगमा कमी गरेर पनि रोगको रोकथाम गर्न सकिन्छ।

-क्यान्सर धनी, शिक्षित, गरिब जुनसुकै समाज र राष्ट्रमा जो सुकैलाई जुनसुकै बेला लाग्न सक्छ।

-त्यसैले क्यान्सरजन्य कारक तत्वबाट पर बस्न सकेमा यो रोगबाट बँच्न तथा टाढा रहन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्