विज्ञान प्रदर्शनीमा चमत्कार देखाउँदै सेन्ट लरेन्स (फोटो फिचर)



१९ माघ २०७६, काठमाडौं

सेन्ट लरेन्स स्कूलको विज्ञान प्रदर्शनी कार्यक्रम २०७६ चमत्कारिक रुपमा भव्यताकासाथ सम्पन्न भएको छ ।

विज्ञान संकाय कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुले १५ दिनमा विभिन्न घरायसी समस्या समाधान गर्ने तथा घरायसी प्रयोजनको लागि आवश्यक सामग्री उत्पादन गरेर प्रदर्शन गरेको संयोजक रामु खत्रीले परिवर्तन खबरलाई बताए ।

घोकन्ते विद्याले मात्र विद्यार्थीमा व्यवहारिक ज्ञान जस्तो नहुने बताउँदै संयोजक खत्रीले प्रदर्शनको आयोजना गरिएको जानकारी गराए ।

सेन्ट लरेन्सको साईन्स एण्ड आईटी क्लबमा आवद्ध हुने १६ जना विद्यार्थीले विभिन्न ३० किसिमका सामग्री उत्पादन गरेर प्रदर्शनमा राखिएको प्लस टू विज्ञानका कोअर्डीनेटर तेज तिमल्सिनाले बताए । उनले भने, ‘सेन्ट लरेन्सले २०७६ मा मात्र नभएर विगत आठ वर्षदेखि विज्ञान प्रदर्शन गर्दै आएका छौं ।’

विद्यालय भित्र र बाहिरका विद्यालयबीच प्रतिस्पर्धा गराउँदै आएको जानकारी गराउँदै विज्ञानलाई आईटी र ईन्जिनियरसँग जोड्न सके नयाँ आविष्कार पत्ता लगाउन विद्यार्थीमा थप सहयोग पुग्ने उनको भनाई छ ।

प्रदर्शनमा राखिएका विभिन्न सामग्रीहरु:

  • ट्राफिक लाईट सिस्टम
  • सोलार केवलकार
  • बनाना पियानो
  • सोलार कार मोडल
  • वाटर लेभल इन्डिकेटर
  • बम डिस्पोजल डिभाईस
  • आधुनिक ढिकी
  • ट्वाईलेट ईन्फरमेशन डिभाईस लगायतका हेर्दा सामान्य तर महत्वपूर्ण विभिन्न चामत्कारीक सामग्रीहरु प्रदर्शनमा राखिएको थियो ।

विज्ञान संकायका विद्यार्थीहरुले घरमा खेर गएका समानबाट विभिन्न जीवनोपयोगी सामग्रीहरु निर्माण गरेर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा भ्याली भित्रका विभिन्न विद्यालयहरुले अवलोकन गरेको समेत जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्