यी हुन् यौन सम्पर्कका बेला गर्नै नहुने व्यवहार(फोटोसहित)



०२ पुष २०७६, काठमाडौं

सुरक्षित यौन सम्पर्क गर्नु स्वास्थ्यको हिसाबले फाईदाजनक मानिन्छ। हामीले यौन सम्पर्क गर्नुको मुख्य दुई कारण छन्। प्रजनन मार्फत मानव सभ्यतालाई निरन्तरता दिनुका साथ–साथै आनन्द प्राप्तिका लागि यौन सम्पर्क गरिन्छ।

यौन सम्पर्क गर्दा शरिरमा प्रतिरोधात्मक क्षमतामा वृद्धि, रक्तचाप नियन्त्रण र तनाव कम हुने जस्ता थुप्रै फाइदाहरू छन्। नियमित यौन सम्पर्क गर्दा महिलाहरूमा पाठेघर र पुरुषहरूमा प्रोटेष्ट क्यान्सरको सम्भावना कम हुने चिकित्सकहरु बताउँछन्। हामीले यौन सम्पर्कलाई आनन्दित र स्वस्थ बनाउन सावधानी अपनाउनु भने जरुरी छ।

यौन सम्पर्क गर्दा गर्नै नहुने कार्यः

चूम्बन नगर्नुहोस्ः 

यौन सम्पर्कको गरिरहेको बेला महिलाहरु चुम्बन गर्न रुचाउँदैनन्। चुम्बन गर्दा शारीरिक स्थितिलाई परिवर्तन गर्नुपर्ने भएकाले निरन्तर उत्कर्षमा पुग्दै गएको यौन आनन्द बिग्रन सक्छ। चुम्बन गर्दा यौन सम्पर्कको ताल तोडिन सक्छ।

त्यसैले यौन सम्पर्कको बेलामा चुम्बन गर्नुहुँदैन।

पार्टनर तयार हुनुभन्दा पहिले टोक्ने नगर्नुहोस्ः

अधिकांश मानिसहरु उत्तेजित भएर यौन सम्पर्क गर्न मन पराउँछन्। पिट्ने, टोक्ने र विभिन्न प्रकारका शारीरिक पिडा दिएर यौन आनन्द लिन मन पराउनेहरु सजग हुनुपर्छ।

चरम उत्कर्षका बेला मानिसहरूले शारीरिक पिडा सहन सक्ने भए पनि यौन सम्पर्कका लागी तयार नहुँदै त्यसो गर्दा असहज वातावरण निर्माण हुन सक्छ। कतिपय अवस्थामा यौन प्रति नै अरुचि हुन सक्ने खतरा हुन्छ।

यौन अङ्गमा मात्र ध्यान:

यौन सम्पर्कका बेला यौन अङ्गहरूमा ध्यान नजाने कुरै भएन तर यसले गर्दा पार्टनरमा नकारात्मक सोच पैदा हुन सक्छ। सकभर शरिरका सबै अङ्गलाई उत्तिकै महत्त्व दिनुपर्छ।

विशेष गरेर महिलाहरूले आफ्नो शारीरिक सौन्दर्याताको बखान गरिदिउन् भन्ने चाहन्छन्। जोर्नी, ढाड, घाँटी, तिघ्रा र पेट जस्ता संवेदनशील अङ्गहरूमा स्पर्श गर्दा यौन प्रति तीव्र इच्छा जगाउन सकिन्छ।

पार्टनरमाथि भार नपारौं:

प्रायः जसो यौन सम्पर्कका बेला पुरुषहरू महिला माथि भार पार्ने गर्छन्। त्यसो गर्दा महिलाहरूको स्वासप्रश्वासमा समस्या उत्पन्न हुन सक्छ।सास फेर्न असहज हुँदा यौन सम्पर्कको लय बिग्रन सक्छ। आसनमा उचित ध्यान पुर्‍याउन आवश्यक छ।

उत्कर्षको समय ख्याल गरौँः

यौन सम्पर्क गर्दा प्रायः पुरुषहरू छिटो उत्कर्षमा पुग्छन्। जसले गर्दा महिलाहरू उत्कर्षमा नपुग्दै जोस हराउने खतरा हुन्छ।

यौन सम्पर्क भन्दा पहिला अन्य रोमाल्टिक क्रियाकलापहरू गर्दा एउटै समयमा दुवैजना उत्कर्षमा पुग्न सकिन्छ। आफ्नो आनन्दलाई मात्र नभएर पार्टनरको सन्तुष्टिलाई विशेष ख्याल गरौँ।

शान्त नबसौंः

प्रायजसो मानिसहरू यौन उत्कर्षमा पुगेपछि मज्जाले सुत्ने गर्ने गर्छन्। तर यौन सम्पर्क गरेपछि महिलाहरू कुरा गर्न रुचाउँछन्। उनीहरू यौन सम्पर्कमा भएका घटनाहरूको बारेमा खुलेर कुरा गर्न चाहन्छन्। चटक्क छाडेर जानु वा चुप लागेर बस्नु राम्रो हुँदैन।

फोटो र भिडियो कहिल्यै नखिचौंः

यौन सम्पर्कका बेला फोटा खिच्ने तथा भिडियो रेकर्ड गर्ने काम गर्दा नराम्रो असर पर्न सक्छ। महिलाहरू प्रेमीसँग मात्र खुलेर क्रियाकलाप गर्न रुचाउने भएकाले भिडियो लिँदा अविश्वासको वातावरण सिर्जना हुन सक्छ।

कतिपय अवस्थामा गोप्य भिडियो अरूलाई देखाउने भन्दै ब्ल्याक मेल हुने डर हुन्छ। भिडियो रेकर्ड गर्दा त्रासको अवस्था आउने भएकाले यौन सन्तुष्टिमा कमी आउँछ।

प्रतिक्रिया दिनुहोस्