महिलामा हुने क्यान्सरबाट बच्ने उपायको बारेमा जान्नुहोस्



०८ भदौ २०७६, काठमाडौं

अधिकांश मानिस बिरामी हुनुको मूख्य कारण नै लापारवाही जीवनशैली हो।

भनिन्छ, रोग लाग्नुभन्दा लाग्न नदिनु नै बुद्धिमानी मानिन्छ।

जसमध्ये ‘क्यान्सर’ पनि एक हो।

पछिल्लो समय क्यान्सर रोगबारे जानकारी नभएका मानिस विरलै होलान्। किनकी यो रोग विश्वव्यापी र भयावह बन्दै गएको छ।

क्यान्सर एउटा त्यस्तो रोग हो, जुन रोगको संक्रमण भएको व्यक्तिको शरिरमा अस्वभाविक र अनियन्त्रन्त्रित रुपमा कोषिकाहरु बढ्दै जाने चिकित्सकहरु बताउँछन्।

क्यान्सरमा कोषहरुको हुने शिघ्र बृद्धिले छोटो समयमै ती कोषहरु डल्लोको रुपमा परिणत हुन्छ र हामी अडकल गर्न थाल्छौँ कि क्यान्सर त भएन?

यो एउटा खतरनाक रोग हो। यो शरिरको कुनै पनि भागमा हुन सक्दछ र यो रोगको संक्रमण जुनसुकै उमेर समूहका ब्यक्तिहरुलाई हुन्छ।

जसमा पनि ४० वर्ष उमेर नाघेका व्यक्तिहरुमा यो रोग लाग्ने सम्भावना बढी देखिएको विभिन्न अध्ययनले खुलाएको छ।

क्यान्सर जस्तो भयावह रोगबाट कसरी बच्ने?

जसको विषयमा यी जानकारी तपाईहरुको लागिः

–हेपाटाइटिस ‘बी’ बिरुद्धको खोप लगाउनु आवश्यक हुन्छ।

समय–समयमा गर्भासयको श्राव परीक्षण गराउनुहोस्। यसो गर्नाले क्यान्सर लाग्न शुरु रहेछ भने पनि शुरुमै पत्ता लाग्छ र उपचारका लागि सहज पनि हुने चिकित्सकहरुको भनाई छ।

–स्तनमा अस्वभाविक गाँठा गुँठीहरु देखिन आएमा शुरुमै चिकित्सकसँग जचाउँनुहोस्।

–चिल्लो बोसोयुक्त वा मसालेददार खानाको प्रयोग सकभर नगर्नुहोस्।

–खानपानमा विशेष ध्यान दिनुहोस्। जस्तैः फलफुल सागसव्जीमा जोड दिनुहोस्।

यसो गर्नाले क्यान्सर रोग लाग्ने सम्भावनालाई दूर गर्छ।

प्रतिक्रिया दिनुहोस्