सोह्र श्राद्ध सुरु



२८ भदौ २०७६, काठमाडौं

आज(शनिबार)देखि सोह्र श्राद्ध सुरु भएको छ।

आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ।

भाद्र शुक्लपूर्णिमादेखि आश्विन जमरे औंसी सम्मका १६ तिथीमा श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो।

सोह्र श्राद्धदेखि दशैंको सुरुवात हुन्छ। सोह्र श्राद्धमा आफ्ना पितृलाई तिथीअनुसार श्राद्धमा गर्ने तथा पिण्डदान गर्ने चलन छ।

श्राद्ध आफ्नै घरमा बसेर वा नजिकको पवित्र तीर्थस्थल, गङ्गाको तिरमा गएर गर्ने चलन छ । श्राद्धभन्दा एकदिन अगावै नङ, केश आदि काटी एकछाक मात्र सात्विक भोजन गरी चोखोनिधो भएर बस्नु पर्छ।

सोह्र श्राद्ध मुसुरीको दाल, लौका, लसुन, प्याज, कोदो, फापर, माछामासु सेवन गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्