राष्ट्रपतिद्वारा तीजको शुभकामना व्यक्त



१६ भदौ २०७६, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजजस्ता चाडपर्वलाई सम्मानजनक बनाइराख्न आजको आवश्यक्ता भएको बताएकी छन्।

हरितालिका तीज, २०७६ को सबै नारीहरुमा शुभकामना दिँदै राष्ट्रपतिले यस्तो बताएकी हुन्।

‘संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वको गरिमालाई सम्मानजनक बनाइराख्नु आजको आवश्यकता हो।’ राष्ट्रपतिद्वारा दिइएको शुभकामना भनिएको छ।

राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको हार्दिक शुभकामना व्यक्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्