जान्नुहोस्ः स्पाइन क्यान्सरका लक्षण



१५ भदौ २०७६, काठमाडौं

पछिल्लो समय स्पाइन क्यान्सरको बिरामी बढ्दो रहेको चिकित्सकहरुको भनाई छ।

मानिसको बढ्दो उमेरसँगै क्यान्सर हुने सम्भावना पनि बढ्दै जान्छ।

स्पाइन क्यान्सर प्रायः सबै उमेर समुहका मानिसमा देखिन्छ।

जसमा पनि पचास बर्षभन्दा माथिका व्यक्तिहरुमा बढी मात्रामा देखिने विशेषज्ञहरु बताउँछन्।

आज हामी तपाईहरुलाई स्पाइन क्यान्सरको बारेमा जानकारी दिदैछौंः

–महिलाहरुको स्तन क्यान्सर र पुरुषहरुको प्रोस्टेट क्यान्सर स्पाईनमा फैलने गर्दछ।

–अत्यधिक दुखाइका कारण हात–खुट्टा कमजोर हुने, मांसपेशी दुख्ने र पिसाब गर्नसमेत एक्दमै गाह्रो हुन्छ।

स्पाईन क्यान्सरका बढी मात्रामा देखिने लक्षणमा ढाडको दुखाई पनि एक हो।

–महिला र पुरुष दुवैमा हुने फोक्सो र पेटसम्बन्धी क्यान्सर हुँदा स्पाइन ट्युमरको अत्यधिक सम्भावना हुन्छ।

–दुखाइको कारण बिरामीको हात–खुट्टा कमजोर भई प्यारालाईसिस तथा दिशा पिसाबमा पनि समस्या हुनसक्छ।

–ढाडमा अत्यधिक दुख्ने र रातीकोे समयमा बढी गाह्रो महसुस हुने गर्दछ।

–मेरुदण्डमा हुने अत्यधिक दुखाइबाट पक्षघात हुन सक्छ । यसबाहेक असामान्य तरिकाले मांसपेशी दुखेमा चिकित्सकलाई देखाएर एमआरआई, सिटी स्क्यान, एक्सरे र रगत परीक्षणबाट स्पाइन क्यान्सर भएको थाहा पाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्