बूढानीलकण्ठ नगरपालिकाले नागरिक आचारसंहिता लागु गर्ने



२१ असार २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाको चौंथो नगरसभा विभिन्न निर्णय गर्दै गोल्फुटारमा सम्पन्न भएको छ ।

चालू आर्थिक वर्ष २०७६/०७७ को लागि अनुमानित १ अर्ब २१ करोड २१ लाख ५० हजारको बजेट स्वीकृत गरेको छ ।

समापन नगरसभाले विभिन्न प्रस्तावहरु पारित गर्दै, धेरै जिम्मेवारी र निर्देशन नगर कार्यपालिकालाई दिएको छ । यस पटकको नगरसभाले नगर पदाधिकारीको आचारसंहिता, नगर कर्मचारीको आचारसंहिता र नागररिक आचारसंहिता समेत लागु गर्ने निर्णय गरेको छ ।

यसै गरि आर्थिक वर्ष २०७६/०७७ लाई कर अभियान वर्षको रुपमा संचालन गर्ने निर्णय समेत गरेको छ । वडा र नगर कार्यालयबाट भए गरेका कामहरुको अर्ध वार्षिक र वार्षिक प्रतिवेदन समेत प्रकाशन गर्ने निर्णय गरेको छ ।

स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्न कार्यपालिकालाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्