त्रि-ज्योतिले जिपिए ४ ल्याउने छात्रा प्रज्ञालाई ५० हजारद्वारा सम्मान (फोटो फिचर)



१५ असार २०७६, काठमाडौं

त्रि-ज्योति माविले शैक्षिक वर्ष २०७५ को एसईई उतिर्ण गर्न सफल ७७ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल छात्रा प्रज्ञा खड्कालाई रु ५० हजारका साथ सम्मान भएको हो ।

त्रि-ज्योति एवं सेन्ट लरेन्स व्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद दंगालको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि बूढानीलकण्ठ नगरपालिका वडा नं १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई, अतिथिहरुमा संचालक समितिका सदस्य तारा प्रसाद सुवेदी, प्रधानाध्यापक भगवान अर्याल, सहायक प्रधानध्यापक गणेश कुमार मिश्र लगायत रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बूनपा १२ का वडाध्यक्ष भट्टराईले आफ्नो वडामा रहेको त्रि-ज्योति मावि नगर पालिकाको पहिचानको रुपमा रहदा खुशी व्यक्त गरे । खेलकुद, अन्य शैक्षिक कार्यक्रममा मात्र नभएर त्रिज्योति मावि शिक्षमा पनि अव्बल रहेछ, उनले भने । त्रि-ज्योतिले वडा र नगरको मात्र नभएर अव देशकै नाम चिनाउन आवश्यक रहेको बताए ।

प्रज्ञा खड्काले आफू कक्षा ७ देखी त्रिज्योतिमा अध्ययन गरेको बताउँदै यहाँको वातावरण र शिक्षक शिक्षिकाहरुले राम्रो मद्धत गर्नुका साथै घरबाट समेत राम्रो साथ सहयोग पाएका कारण आफूले राम्रो जिपिए ल्याउन सफल भएको बताईन् ।

त्यसै गरि विशेष अतिथि व्यवस्थापन समितिका अध्यक्ष दंगालले त्रिज्योतिले ऐतिहासिक रिजल्ट दिन सफल भएकोमा संपुर्णलाई बधाई तथा शुभकामना व्यक्त गर्दै जिपिए ४ ल्याउने प्रज्ञा खड्कालाई रु ५० हजारले सम्मान गर्ने घोषणा समेत गरेका छन् ।

विद्यालयका प्रधानध्यापक भगवान अर्यालले सुखद दिनलाई सेलिब्रेट गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेको बताउँदै यो क्षेत्रमा यो विद्यालयको नाम गौरान्वित गराएकी हुँदा यस्तो किसिमको सहयोग गरिएको र आउँदो वर्षमा एसईई दिने विद्यार्थीहरुलाई प्रेरणा मिलोस् भन्ने सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहायक प्रधानध्यापक मिश्रले यस क्षेत्रकै सर्वोत्कृष्ट जिपिए ल्याउन सफल प्रज्ञा लगायत सम्पुर्णलाई सम्मान गर्दै आगामी दिनमा धेरै भन्दा धेरै नतिजा त्यस किसिमको ल्याउन पहल गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्