बूढानीलकण्ठ नगरपालिका वडा नं १० द्वारा बालक्लब गठन



३१ जेठ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं १० ले योजना तर्जुमा बालभेला तथा बालक्लब गठन सम्पन्न गरेको छ । उक्त बालभेलाले श्रेया श्री भण्डारीको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी सर्बसम्मतीले गठन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा बूनपा १० का वडाध्यक्ष नवराज भट्टराईले केही गर्छु भन्ने हिम्मत र शाहस लिएर आउनेलाई स्वागत गर्दै अध्यक्ष श्रेया श्री भण्डारीको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटीका पदाधिकारीलाई बधाई दिए ।

बालभेला गठनले व्यत्तित्व विकासका सहयोग पुग्ने बताउँदै भट्टराई भन्छन्, आफूले मात्र नभएर साथीहरुलाई समेत विभिन्न कुरा सिकाउन र विभिन्न किसिमले सहयोग गर्नु पर्छ ।

अध्यक्ष भट्टराईले ०७६/०७७ को बजेटमा बालबालिकाको योजना अनुरुप आवश्यक बजेट छुट्याउने प्रतिवद्धता व्यक्त गरे ।

नव निर्वाचित अध्यक्ष श्रेया श्री भण्डारीले मन्तव्य राख्दै बालभेला गठन गरेकोमा वडाध्यक्ष लगायतलाई धन्यवाद व्यत्त गरिन् ।
अध्यक्ष भण्डारी भन्छिन्, वडाले आवश्यक्ता अनुसार बजेट छुट्याए बालभेला गठनले वडालाई विभिन्न क्षेत्रमा सहयोग पुर्याउने
बताईन् ।

वडामा अब आफ्नो नेतृत्वमा खेलकुद, मनोरञ्जन, सरसफाई लगायतका विभिन्न कार्यक्रममा सहभागी हुने प्रतिबद्धता व्यक्त गरिन् ।

बूनपा १० को नव निर्वाचित बाल समिति
अध्यक्ष : श्रेया श्री भण्डारी
उपाध्यक्ष : रमेश शाही
सचिव : एलिसा राई
सह–सचिव : स्नेहा गौतम
कोषाध्यक्ष : रुपा मैनाली
सह–कोषाध्यक्ष : सम्रचना गिरी

सदस्यहरु :
सुविसा गुरुङ
स्वस्तिक पोखरेल
सितास्मा खत्री
हिमाल मैनाली
सरिना भुजेल
अमिरा लिम्बू
प्रतिभा दनुवार
सविन दाहाल
साहिल थापा
निश्चल कार्की
आयुशा गिरी
कृतिका श्रेष्ठ
गरिमा श्रेष्ठ

सल्लाहकारहरु :
सञ्जय विक
स्मृति गौतम
अंकिता नेपाल

प्रतिक्रिया दिनुहोस्