शेर्पा फर चेञ्ज र फारक शेर्पा किन्दुकको दौड प्रतियोगिता सम्पन्न



२५ जेठ २०७६, काठमाडौं

शेर्पा फर चेञ्ज र फारक शेर्पा किन्दुकद्वारा आयोजना गरिएको दौड प्रतियोगिता शनिबार बूढानीलकण्ठ १२ मा सम्पन्न भएको छ ।

रन फर हेल्थ भन्ने नाराका साथ आयोजना गरिएको उक्त प्रतियोगितामा बालबालिका, महिला तथा पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा भएको थियो ।

बालबालिका तर्फबाट योञ्जेन लामा प्रथम, टासी शेर्पा द्वितिय र पेम्बा शेर्पा तृतिय भएका थिए ।

महिला तर्फबाट प्रिती राई प्रथम, मिङ्मा याङ्जी द्वितिय र तृतिय हुनेमा अनिता तामाङ रहेका थिए ।

पुरुष तर्फबाट प्रथम पेम्बा शेर्पा, द्वितिय हुनेमा फुर्बा शेर्पा रहेका थिए भने तृतिय हुनेमा पासाङ शेर्पा रहेका थिए ।

बलबालिका तर्फ सहभागिले राधाकृष्ण मन्दिरबाट शुरु गरेको दैडमा फैका, आनिगुम्बा, कपनटार हुँदै कपन गुम्बा पुगेर त्यही बाटो पुनः राधाकृष्ण मन्दिर आईपुग्नुपर्ने २ किलोमिटर दौड रहेको थियो ।

त्यसैगरि महिला तथा पुरुषहरुको प्रतियोगितामा सहभागिले राधाकृष्ण मन्दिरबाट शुरु गरेको दैडमा आनी गुम्बा, कपन गुम्बा, जगडोल, आरुबारी, तीनचुली, महांकाल चोक, तेञ्जिङ चोक हुँदै ८.५ किलो मिटर दुरी पार गरि पुनः राधाकृष्ण मन्दिर आउनुपर्ने रहेको आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्