भैरहवा र पोखरा विमानस्थलमा नेपालीपन झल्किने संरचना बनाउन संसदीय समितिको निर्देशन



१९ बैशाख २०७६, काठमाडौं

संसदीय समितिले भैरहवाको गौतमवुद्ध विमानस्थलमा र पोखरा क्षेत्रीय विमानस्थलमा नेपाली पहिचान झल्किने संरचना बनाउन निर्देशन गरेको छ ।

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले दुवै विमानस्थलको अध्ययन गर्दा आयोजनाको डिजाइनमा नेपालीपन नदेखिएको भन्दै नेपालीपन देखिने संरचना बनाउन निर्देशन दिएको हो ।

बिहीबार आयोजित समितिको बैठकमा विमानस्थल अध्ययनको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रतिवेदनमा दुबै आयोजनाबारे भनिएको छ, ‘निर्माणको डिजाइनमा नेपालीपना नदेखिएकाले मिल्ने उपयुक्त स्थानमा नेपालीपन आउने गरी संरचना बनाउन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्