शिक्षण सिकाईमा सौहार्दरुपले जीवन सिकाउने कलाका धनी अशोक दाहाल



११ बैशाख २०७६, काठमाडौं

मिजासिलो बोली, मान्छेसँग छिटो भिज्न सक्ने खुबी भएका अशोक कुमार दाहाल एक संघर्षशिल व्यक्तित्व हुन् ।

प्राय मान्छेसँग छिटो भिज्न र घुलमिल हुन सक्ने क्षमता भएका दाहाल लामो समयदेखि शिक्षा क्षेत्रमा रमाइरहेका छन् । दोलखा जहाँ उनले बाल्यकालमा खेलेको हुर्केको ठाउँ जसले उनलाई शिक्षण सिकाईका लागि धेरै पटक सम्झ्यो । कारण उनी र उनको शिक्षण सिकाईमा प्रभावकारिताका साथै सौहार्दरुपमा जीवन सिकाउने कला भएर नै हो ।

यसका बाबजुद समयसँगै उनले काठमाडौंलाई सिकाईरहेका छन् । शिक्षा उनको परिभाषा भित्र हरेक समाजको रोलमोडल हो र भन्छन् शिक्षाले नै डाक्टर , इन्जिनियरदेखि राजनीति गर्ने नेतृत्वसम्म सबै तिर यसले भूमिका खेलेको हुन्छ ।

अशोक दाहालको जन्म दोलखा जिल्लाको सुन्द्रावती वडा नं. १ मा आमा जानकी दाहाल र पिता माधव प्रसाद दाहालको कोखबाट २०३८ साल जेठ ३१ गते एक ब्राह्मण परिवारमा भएको हो ।

बुवाआमा सहित ९ जनाको परिवारमा चौथो सन्तान हुन् अशोक दाहाल । बुवा माधव प्रसाद सबै परिवारका सदस्यलाई सकेसम्म शिक्षा दिने अठोट राखेका थिए  । शिक्षाको बारेमा राम्रो बुझेका उनका पिताले कम्तिमा परिवारका सबै सदस्यलाई एसएलसी सम्मको शिक्षा दिने लक्ष्य राखेका थिए कारण परिवारका सदस्य धेरै भएका कारणले नै हो । पढाईमा राम्रो रुचि राख्ने अशोक दाहालको अध्ययनको सुरुवात श्रीदेवी प्रावी पयौं बोटेबाट भएको थियो ।

कक्षा ६ देखि कालिनाग मावी सुनखानीबाट एसएलसी पास गरे । एसएलसीपछि उनी काठमाडौं आए । काठमाडौं उनका लागि नौलो थियो । काठमाडौंमा आएपछी उनले आफ्ना संघर्षका कठिन दिनहरु सुरु गरे । काठमाडौं आउँदा उनी १६ बर्षका मात्र थिए  । उनको शिक्षा प्रतिको मोहले उनलाई सधै अध्यननको बाटोमा अविचलित हिडाई रह्यो । पाटन बहुमुखी क्याम्पसबाट उनले आइए, सामुदायिक सेवा सदनबाट बिए गरे भने मास्टर रत्न राज्य क्याम्पस प्रदर्शनी मार्गबाट गरे ।

काठमाडौंमा अध्ययन गर्दा उनले सुरुवाती दिनहरुमा प्रिन्टिङ प्रेसमा र पिसिओमा  काम गर्थे । त्यस समयमा उनले संघर्षपूर्ण समय सधैं एक नास रहेन प्रगतिको यात्रालाइ उनले अगाडी बढाउँदै लगे ।

उनको शैक्षिक यात्राको सुरुवात २०५६ साल माघ १६ गतेबाट ललितपुर स्थित ठैब भन्ने ठाउँमा प्रभात मावीबाट भएको हो । शिक्षाप्रेमी दाहालले थुप्रै विद्यार्थीलाई चेतनाको दियो बालेर जीवनको पथ देखाउने काममा निरन्तर लागे उनी । २०५९ सालमा उनले खोलेको ईन्स्टिच्युटबाट थुप्रै विद्यार्थीले शिक्षा पाए । उनले खोलेको ईन्स्टिच्युटबाट प्राइभेट एसएलसी दिने व्यवस्था थियोे । काम गर्दै जादा सफलताका नयानया गोरेटो निर्माण गर्दै गए ।

हाल उनी आफ्नै स्कुलमा ओरियण्टल एकेडेमी प्रिन्सिपलको रुपमा कार्यरत छन् । उनका लागि पैसा नै कमाउन यो भन्दा अन्य क्षेत्रहरुपनि थिए तर उनी शिक्षा क्षेत्र भन्दा अरु क्षेत्रमा जान चाहेनन् । समाजमा शिक्षाको ज्योती फैलाउनुमा नै गर्व लाग्यो उनलाई ।

नीजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनमा प्याब्सनिष्टको रुपमा २०६६ सालदेखि नै साथी भाईको सम्पर्कमा रहेका उनी २०७३ सालमा जिल्ला प्याब्सन काठमाडौंको सदस्यको रुपमा चुनिए । हाल उनी प्याब्सन काठमाडौंको सहसचिवको रुपमा कार्यरत छन् । प्याब्सनमा सक्रिय भएको छोटो समयमा नै उनी प्याब्सनको सहसचिव भएका हुन् ।

पारिवारिक हौसला पनि उनी अगाडि बढ्नका लागि प्रेरणाको स्रोत हो उनका लागि । उनको परिवार जसले उनलाई आफ्ना काममा अगाडी बढन योगदान गरिरहेको छ ।

आज उनले पढाएका विद्यार्थीहरु विश्वका विभिन्न कुनामा पुगिसकेका छन् । आफुले पढाएका विद्यार्थीहरुले प्रगती गरेको देख्दा आफू सफल भएको महशुस गर्छन अशोक दाहाल ।

प्रतिक्रिया दिनुहोस्