जनकल्याण माविको नयाँ भवन समुद्घाटन (फोटो फिचर)



२१ चैत २०७५, काठमाडौं

जनकल्याण माध्यमिक विद्यालय बौद्ध माहाँकालले ६६ औं वार्षिकोत्सव समारोहको अवसरमा नयाँ भवनको समुद्घाटन गरेको छ ।

२०७२ सालमा आएको महाभुकम्पका कारण ध्वस्त भएको विद्यालयलाई नेपाल चाईना कल्चर साँस्कृतिक प्रवर्द्धन विकास केन्द्रको रु. तीन करोड ८७ लाख ३४ हजार आठ सय ५८ र सि चुवाङ हुङ्गेले ६७ लाखको आर्थिक सहयोग तथा कम्प्युटर, सिसि टिभि, व्याग, गार्डेनको लागि खेलौना समेत चीनियाँ टोलीले नै सहयोग गरेको जानकारी विद्यालयका प्रशासक तथा शिक्षक प्रतिनिधी सुरेश कटुवालले जानकारी गराए ।

चाईनाबाट आएका टोलीले विद्यालयका सम्पूर्ण कक्षाकोठा, कम्प्युटर ल्याव, शौचालय लगायत नवनिर्मीत भवनको अवलोकन गरेका थिए ।

शिक्षा विकास समन्वय इकाई प्रमुख नन्दलाल पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशेष अतिथिमा काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख निर्मला केसी रहेकी थिईन् ।

कार्यक्रमका प्रमुख अतिथि इकाई प्रमुख पौडेलले विद्यालयको बाहिरी आवरण मात्र राम्रो भएर हुदैन पढाईमा गुणस्तर ल्याउन त्यहाँका शिक्षकले कसरी पढाउछन् र विद्यार्थीले कसरी पढ्छन् त्यो चाही महत्वपूर्ण रहेको बताए ।

विद्यालयकी प्रधानाध्यापक कुमारी कमला राईले चाईना कल्चर साँस्कृतिक प्रवर्द्धन विकास केन्द्रको अतुलनीय सहयोगको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरिन् ।

जनकल्याण माविले गत पुष ७ बाट कक्षा १ देखी १० सम्म अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुलाई अङ्ग्रेजी, गणित र विज्ञान विषय निःशुल्क अतिरिक्त कक्षा संचालन समेत गरिरहेको अभिवावकहरुलाई जानकारी गराएको छ ।

विद्यालयले शिशु देखि तीन कक्षा सम्म अध्ययनरत २२० जना विद्यार्थीहरुलाई दिवा खाजा निःशुल्क प्रदान गरिरहेको समेत जानकारी गराएको छ ।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दिलेन्द्र प्रसाद ढकालले गरेका थिए भने संचालन विद्यालयका शिक्षक केवी अधिकारी र अर्जुन भूषालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्