सत्र बुँदे घोषणापत्र जारी गर्दै त्रिदिवसीय वाङ्मय संगोष्ठी सम्पन्न



दमक, झापा, १९ चैत्र २०७५
आइतबारदेखि दमकमा जारी एक नं. प्रदेशस्तरीय बृहत् वाङ्मय संगोष्ठी साहित्य, कला तथा संस्कृतिसम्बन्धी सत्र बुँदे घोषणापत्र सार्वजनिक गर्दै मङ्गलबार सम्पन्न भएको छ ।

भाषा, साहित्य, कला र संस्कृतिको विकास, सम्बद्र्धन प्र्रवद्र्धन गर्ने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठान, दमक नगरपालिका तथा दमक प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित सङ्गोष्ठीको प्रदेश नं. एकका प्रमुख माननीय डा. गोविन्द तुम्याहाङले समापन गर्नुभयो । समापन समारोहमा बोल्दै प्रमुख तुम्याहाङले वाङ्मय संगोष्ठीले प्रदेशको आत्मा झल्काएको दाबी गर्दै, ‘स्रष्टाहरूका सिर्जनाले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने’ बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्थानीय तथा प्रदेशस्तरमा साहित्यिक एवं सांस्कृतिक जागरण र प्रवद्र्धनको उदेश्यबाट आयोजित वाङ्मय संगोष्ठी सार्थक ढंगले सम्पन्न भएको बताउनुभयो । उहाँले सातै प्रदेशको गौरवपूर्ण सम्पदा र संस्कृतिको

अभिलेखीकरणमा प्रज्ञा–प्रतिष्ठान लागेको उल्लेख गर्नुहँदै सङ्गोष्ठीमा भएका विमर्शबाट निस्किएको निष्कर्षले आफू उत्साहित भएको सुनाउनुभयो ।

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले संगोष्ठीले ऊर्जा सञ्चार गरेको बाउनुभयो । उहाँले दमक नगरपालिका स्थानीय जाति र समुदायका भाषा, साहित्य, कला तथा संस्कृतिको विकास, संरक्षण र सम्बद्र्धनमा संवेदनशील रहेको सुनाउनुभयो ।

आइतबार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्गोष्ठीको उद्घाटन गर्नुभएको थियो । उहाँले मन्तव्य व्यक्त गर्दै भाषा, साहित्य, कला तथा संस्कृति देशको सम्पदा भएको उल्लेख गर्नुहँदै यसको विकासका लागि सरकार आवश्यकतता अनुसार सहयोग गर्न तयार रहेको बताउनुभयो ।

एक नंं प्रदेशका माननीय मुख्यमन्त्री शेरधान राईले प्रदेश सरकारले प्रदेशको सांस्कृतिक नीति तयार पार्नका लागि कार्यदल गठन सुझाव संकलनको काम सकिएको सुनाउँदै चाँडै प्रादेशिक प्रज्ञा–प्रतिष्ठान गठन गरिने बताउनुभयो ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले सात वटै प्रदेशका भाषा, साहित्य, कला र संस्कृतिलाई समेटेर नेपाल चिनाउने महाग्रन्थ प्रकाशन गर्ने प्रज्ञा–प्रतिष्ठानको योजना रहेको बताउनुभयो ।

यसै गरी प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभागका प्रमुख प्रा. दिनेशराज पन्तले सामाजिक विषयमा र बालसाहित्य तथा लोकर्वार्ता विभागका प्रमुख डा. देवी नेपालले बालसाहित्य, लोकसाहित्य र समकालीन नेपाली गजलका बारेमा बोल्नुभएको थियो ।

सङ्गोष्ठीमा ‘किरात मुन्धुम’ सम्बन्धी प्राज्ञ हरिश्चन्द्र लावतीले, ‘कोसी प्रस्रवणक्षेत्रको हिमाली जनजीवन’बारे राजेश्वर थापाले, ‘कोसी प्रस्रवणक्षेत्रका धार्मिक एवं पर्यटकीय स्थलहरू’बारे प्रा.डा. सोमप्रसाद खतिवडाले, ‘नेपाल उपत्यका र राजवंशी समुदायको सांस्कृतिक अन्तरसम्बन्ध’बारे डा. डिल्ली प्रसाइँले, ‘सन्थाल लोकसाहित्यको वर्तमान स्वरूप’बारे उत्तम भट्टराईले र ‘धिमाल लोकसाहित्यको अवस्था’बारे डा. सोमबहादुर धिमालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

विभिन्न प्राज्ञिक सत्रहरूको अध्यक्षता प्रा.डा. टंकप्रसाद न्यौपाने, डा. तुलसी भट्टराई, प्रा.डा. गोविन्दराज भट्टराई, लोकबहादुर धिमाल, दधिराज सुवेदीलगायतले गर्नुभएको थियो । कार्यक्रममा कविता गोष्ठी तथा गजल सन्ध्या भएको थियो । उक्त अवसरमा चार आदिवासी समुदायका महलिा र पुरुष गरी दुई–दुई जना दोसल्ला ओढाई सम्मान गरिएको थियो । सङ्गोष्ठीमा एक नम्बर प्रदेशका विभिन्न जिल्ला स्रष्टाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रदेश सरकारका कानुन तथा आन्तरिक मामिलामन्त्री माननीय हिक्मत कार्की, पत्रकार तथा समाजसेवी चन्द्र भण्डारीका साथै सहभागीहरूले आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

पहिलो दिन विशेष कविगोष्ठीको आयोजना गरिएको थियो । गोष्ठीमा विभिन्न जिल्लाबाट आएका तीन दर्जनभन्दा बढी कविले कविता वाचन गरेका थिए भने नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख डा. हेमनाथ पौडेलले समकालीन कविताका प्रवृत्ति र वाचित कविताका बारेमा विशेष मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्