नेपाल ईन्जिनियर्स एशोसिएसनको ‘ईन्जिनियर्स सवाल’ कार्यक्रम सम्पन्न



१२ फागुन २०७५, काठमाडौं

नेपाल इन्जिनियर्स एशोसिएसनले शुरु गरेको इन्जिनियरिङ्ग पेशाका लागि नेपाल इन्जिनियरिङ्ग परिषद्को भूमिका’ विषयक ‘इन्जिनियर्स सवाल’ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल इन्जिनियरिङ्ग परिषद्का अध्यक्ष ई. डिल्ली रमण निरौला, उपाध्यक्ष ई. अर्णराज सिलवाल, नेईए पूर्व अध्यक्ष प्रा. डा. जीवराज पोखरेल, SCAEF का महासचिव ई. कृष्ण प्रसाद सापकोटा, SONA का अध्यक्ष आर्किटेक्ट अन्जु मल्ल प्रधान, नेपाल इन्जिनियरिङ्ग परिषद्का पूर्व उपाध्यक्ष ई. आमोद अधिकारी तथा डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल DEAN का उपाध्यक्ष टोप बहादुर बानिया लगायत अन्य सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

सम्मानित इन्जिनियरिङ्ग पेशाका लागि नेपाल इन्जिनियरिङ्ग परिषद्ले निभाउनु पर्ने भूमिका बारे अन्तर्क्रिया गरिएको थियो कार्यक्रममा सहभागि विभिन्न क्षेत्रका इन्जिनियरहरुले आ–आफ्ना क्षेत्रका समस्या के छन् ? कहाँ छन् ? कसरी समाधान गर्ने ? भन्ने विषयमा मध्यनजर गर्दै अन्तर्क्रिया गरेका थिए ।

SCAEF का महासचिव ई. सापकोटाले कन्सल्टिङ व्यवसायमा हुने समस्याहरुलाई समयानुकुल प्रविधीमैत्री ढंगले क्लाइन्टले नसोचिदिदा काम गर्न ज्यादै नै अप्ठेरो भएको बताउँदै नेपाल इन्जिनियरिङ्ग परिषद्ले बिभिन्न खाले तालिम, गोष्ठी तथा अन्तर्कृया कार्यक्रमको माध्यमबाट नयाँँ प्रबिधी सँग सरकारी, गैह्रसरकारी तथा निजी क्षेत्रमा काम गर्ने ईन्जिनियरहरुलाई परिचित गराउदै नयाँँ प्रविधी अवलम्वन गर्न समन्वयकारी भूमिका खेल्नु पर्नेमा जोड दिए ।

परिषद्का उपाध्यक्ष ई. सिलवालले छिट्टै नै लाईसेन्सको लागि परिक्षा लिने व्यवस्थाका लागि बनेको ऐन पारीत हुने अवस्थामा रहेको बताउँदै उक्त परिक्षाले ईन्जिनियरहरुको गुणस्तरीयता माथि उठेको प्रश्नलाई समेत हल गर्ने कुरा उल्लेख गरे ।

प्रा. डा. पोखरेलले नेपाल ईन्जिनियरिङ् परिषद्ले ईन्जिनियरिङ् स्टाफ कलेज स्थापनाको प्रकृया तत्काल अघी बढाउन, बजारमुखी तथा जीवनपयोगी हुनेगरी पाठ्यक्रम परिमार्जन गर्न, गुणस्तरीय शिक्षाका लागि बिभिन्न ईन्जिनियरिङ् कलेजहरुको ग्रेड निर्धारण गर्न, ईन्टर्न्शिपको व्यवस्थाका लागि ठोस् योजना निर्माण तथा कार्यान्वयन गर्न लगायतका सुझाव कार्यक्रमका सहभागीहरुको थियो ।

परिषद्का अध्यक्ष ई. निरौलाले सहभागीहरुबाट उठेका प्रश्नहरुको जवाफ दिदै कुनै व्यक्ति बिशेषलाई पदोन्नती गरेर विश्वविद्यालयले प्रदान गर्ने पदवी सरकारले समेत दिन नमिल्ने र त्यसरी पदोन्नती प्राप्त व्यक्तिले ईन्जिनियरको रुपमा कार्य गर्न नमिल्ने जिकिर गर्दै प्राविधिक अधिकृत वा त्यस्तै केहि पदमा पदोन्नती भएपनि परिषद्मा दर्ता नभई ईन्जिनियरको पदमा काम गर्न कानुनि रुपमा नमिल्ने कुरा प्रस्ट पारेका थिए ।

कार्यक्रमको समापन गर्दै एसोसिएसनका अध्यक्ष प्रा.डा. बज्राचार्यले मर्यादित ईन्जिनियरिङ् पेशाका लागि परिषद् सँग समन्वय गर्दै अघि बढ्न एसोसिएसन प्रतिबद्ध रहेको बताउदै पुनःयस्ता कार्यक्रम लाई निरन्तरता दिईने विचार व्यक्त गरे ।

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष प्रा. डा. त्रिरत्न बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रम एसोसिएसनका उपमहासचिव ई. कपिल आचार्यले संचालन गरेका थिए भने एसोसिएसनका महासचिव ई. छबीराज पोख्रेलले कार्यक्रमको जानकारी गराउँदै स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्