थुलुङ राईहरुको ‘नाम्स्योर थुलुङ बोक्छेम’ लोकार्पण हुँदै



२७ मंसिर २०७५, काठमाडौंँ

किराँतभित्रको एक समुदाय थुलुङ राईहरुको ‘नाम्स्योर थुलुङ बोक्छेम’ अर्थात ‘सजिलो थुलुङ ब्याकरण’ लोकार्पण हुने भएको छ ।

डां शुक्रराज राईको प्राज्ञिक परामर्श तथा थुलुङ भाषाविद् तथा जानकार श्री पाँचबीर राईबाट लिखित ‘नाम्स्योर थुलुङ बोक्छेम’ भोली (शुक्रबार) लोकार्पण हुन लागेको हो ।

काठमाडौं कोटेश्वरमा अवस्थित सुम्निमा हलमा हुने कार्यक्रम थुलुङ दुधकोशी गाँउपालिकाका अध्यक्ष असिम राईको अतिथ्यतामा सम्पन्न हुने बताईएको छ ।

यसअिघ नै ‘हालाम–को’ अर्थात कक्षा–१ को पाठ्यक्रम प्रकाशित गरि पठनपाठनसमेत सुरु गरिसकेको थुलुङ राईले भोली ‘बोक्छेम’ लोकार्पन गर्न लागेको थुलुङ संस्कृति प्रतिष्ठानका अध्यक्ष निर्कुधन राईले जानकारी दिए ।

कार्यक्रमलाई विशेष रुपमा सम्पन्न गर्नका लागि थुलुङ तथा गैर–थुलुङहरुलाई पनि निम्ता गरिसकिएको अध्यक्ष निर्कुधन राईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्