संस्कृत विश्वविद्यालयका उपकुलपति काईरालाबारे छानबिन गर्न समिति गठन



१७ साउन २०७५, काठमाडौं

सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोईरालाले स्वीकृति नलिई विदेश जान लागेको र उनीमाथि परेको विभिन्न आर्थिक अनियमितताका सम्बन्धमा छानबीन गरि प्रतिबेदन पेस गर्न ४ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

उपकुलपति कोईरालाले विश्व संस्कृत सम्मेलनमा सहभागी जनाउने प्रक्रियामा भए गरेका र विश्व संस्कृत विश्वविद्यालयमाथि परेको उजुरि तथा गुनासाहरुको छानबिन गरि प्रतिबेदन पेस गर्नको लागि समिति गठन गरेको हो ।

समितिमा नेपाल ल क्याम्पस, प्रा डा लक्ष्मीप्रसाद मैनाली, डा विकाश आधिकारि, र देबकुमारि गुँरागाई रहेका मन्त्रालयका सह–सचिव बैकुण्ठप्रसाद अर्यालले जानकारी दिए । उपकुलपति कोईराला गत असार २३ गते १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन भनि जाने क्रममा विदा स्वीकृतीबिना हिडेका भनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फर्काईएको थियो ।

आफुले विदा स्वीकृतीका निम्ति निवेदन गरेपनि समयमा निर्णय नपाएको उपकुलपति काईरालाको गुनासो रहेको छ । उक्त विषयमा संघीय सांसदमा कुरा उठेपछि काईराला विरुद्व परेका उजुरिहरुलाई छानबीन गर्ने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रतिबद्वता गरेका थिए ।

नेपाल प्रगतिशिल प्राध्यापक संगठन र नेपाल राष्ट्रिय संगठनले विश्वविद्यालयको नियम, विधि र ऐनको उल्लघंन गरेको भन्दै छानबिनको माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्