एनसिसि रसियाद्वारा सहयोग हस्तान्तरण



काठमाण्डौ, २४ चैत्र २०७४

केहि वर्ष  रसियामा रोजगारी गर्दै गर्दा नेत्र बहादुर खत्री अचानक दुवै मृगौंला फेल भएर अहिले काठमाण्डौको राष्ट्रिय मृगैला केन्द्रमा उपचारार्थ भर्ना भएका छन् । उनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रसियाले उनलाई रु. १,८२,९०० (एक लाख बयासि हजार नौंसय) उपचारार्थ सहयोग गरेको छ । गैरआवासीय नेपाली संघको सचिवालयमा राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रामेश्वर गौंतम र गैरआवासीय नेपाली संघका सचिव जानकी गुरुङ्गले संयुक्त रुपमा निजका आफन्तलाई चेक हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा ओसेनियाका क्षेत्रीय महिला उपसंयोजक प्रीति शर्मा, एनसिसि रसियाका संरक्षक उत्सव कुमार अमात्य, एनसिसि कोरीयाका महासचिव डा. इन्दीरा तिवारी र विभिन्न मुलुकबाट आएका गैरआवासीय नेपालीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्