‘हाम्रो रहर सफा, स्वच्छ र सुन्दर बिराटनगर’ महाअभियान जारी



विराटनगर, २४ चैत

‘हाम्रो रहर सफा, स्वच्छ र सुन्दर बिराटनगर’ भन्ने मूल नाराको साथ परिवर्तनको लागि हातेमालो अभियान नामक संस्थाको आयोजनामा गरिएको जारी सरसफाइ महाअभियान आज सातौं हप्तामा पुगेको छ ।

महाअभियान गोल्छा चोक बाट सुरु गरि आँखा अस्पताल, सहिद मैदान, आदर्श स्कुल हुँदै जिल्ला प्रशासन कार्यलयमा अन्त्य भएको सफाई अभियन्ता राम पोखरेलले जानकारी दिएका छन् ।

अभियन्ताहरु भन्छन्, ‘कर्मचारी मात्र ब्यवस्थापन हैन, अफिसबाट निकलिएको फोहोर ब्यवस्थापन’मा ध्यानाकर्षण गर्न चाहन्छौं ।

पोखरेलका अनुसार सम्बन्धित निकायको ध्यानाकार्षण गर्नको लागि अभियन्ताहरुले जम्मा गरेका प्लास्टिक, मादकपदार्थका बोतल, भित्ता तथा पोलमा टासिएका फोहोर जन्य कागज लगायत दुई ट्याक्टर फोहोरजन्य बस्तुहरु जिल्ला प्रशासन कार्यालयको गेट अगाडि जम्मा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्