‘महिला तथा बालबालिकाविरुद्ध हुने अपराध’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न



काठमाडौं, १८ चैत

‘महिला तथा बालबालिकाविरुद्ध हुने अपराध’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राजधानीको बौद्धस्थित तामाङ कल्याण गुठीमा आयोजित उक्त कार्यक्रम छोरङान महिला समाज बौद्धका अध्यक्ष माया डोल्मा लामाको सभापतित्व र महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

पूर्व जापानका राजदूत डा. गणेश योञ्जन विशेष अतिथि रहेको कार्यक्रमा पूर्व सांसद् आङ दावा शेर्पा, पेम्बा शेर्पा, सामुदायिक सेवा समिति बौद्धका अध्यक्ष देवराज लामा, कामपा ६ का वडा अध्यक्ष दिपेन्द्र लामा, समाजसेवी सम्पूर्ण कुमार लामा, सान्नानी लामा, प्रहरी निरिक्षक कुमार पण्डित, दामोदर भट्ट, समाजसेवी नेपालजित लामा, बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजीत लामा लगायतको उपस्थिति रहेको थियो ।

छोरङान महिला समाज बौद्ध, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बौद्धले आयोजना गरेको कार्यक्रमको सह आयोजक बौद्ध एकल महिला समाज बौद्ध, दिदी बहिनी समाज चुच्चेपाटी, आनन्दपुर महिला समाज तिनचुली र आलन्दा महिला समाज रामहिटी रहेका थिए । समितिका उपाध्यक्ष लक्ष्मी ढुंगानाले स्वागत मन्तब्य राखेको कार्यक्रममा विभिन्न वक्ताहरुले महिला हिंसा सम्बन्धी आ-आफ्नो धारणा राखेका थिए ।

समाजमा दिनप्रति दिन बढी रहेको महिला हिंसा, बलात्कार जस्ता घटनाप्रति चर्चा तथा यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनी वक्ताहरुले आफ्ना धारणा राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विश्वराज पोखरेलले दैनिक रुपमा बढ्दै गएको महिला तथा बालबालिका हिंसा वर्तमान समाजको एउटा दुःखद पाटो रहेको र यसलाई निराकरण गर्नका लागि समाजका सबै तहका व्यक्तिहरु लागि पर्नु पर्ने बताए ।

महिला सम्बन्धी कानुन हुँदा हुँदै पनि अहिले हिंसा बढीरहेको बताउँदै उनले महिला आफैले हिंसा सहने गरेको, हिंसासम्बन्धी उजुरी दिए पनि पछि गएर विभिन्न करकापमा उजुरी पुनः फिर्ता लिने जस्ता कार्य गर्दा यस क्षेत्रका अपराधीहरुले उन्मुक्ति पाउने गरेको बताए । उक्त कार्यक्रमको संचालन देवीप्रसाद घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्