भविष्यका एयर होस्टेसको समूह पोखरा विमानस्थलमा पुग्दा…



काठमाडौं, १५ चैत

कक्षा १२ को परिक्षा दिएर फूर्सदमा वसेका युवा युवतीको रहरको विषय मध्य एयर होस्टेस विषय हाल वढ्दो क्रेजमा रहेको छ ।

यस्तै नेपालमा दर्जनौको संख्यामा यस्ता प्रशिक्षण दिने संस्थाहरु खुलेका छन् भने अझै पनि खुल्ने तयारीमा पनि छन् । यस तालिमको लागि जो सुकै १८ वर्ष पुगेका युवायुवतीहरु योग्य मानिन सक्नेछन् । शिक्षाको हकमा जागीर खानको लागि १२ पास गर्नु पर्ने छ । कमलादीस्थित नेपाल एयर होस्टेस एकेडमीमा हाल सयौंका संख्यामा विद्याथीहरु ४ महिनाको तालिम लिइरहेका छन् ।

उनीहरु विभिन्न कलेजमा कक्षा १२को परिक्षा दिएर विभिन्न जिल्लाहरुवाट काठमाडौंमा तालिम लिन आएका छन । साथै यस्ता प्रशिक्षणमा प्रयोगात्मक शिक्षामा बढी जोड दिने भएकाले अध्ययनको लागि पनि सजिलो र रमाइलो हुने एकेडमीका सिइओ प्रदीपराज पन्त बताउँछन् । चार महिनाको अवधीमा उनीहरुलाई एयर होस्टेसले काम गर्नुपर्ने विषयको जानकारी पौडी, शारीरिक तन्दुरुस्तको लागि व्यायाम, आकास्मीक उपचार सम्वन्धी जानकारी,पर्यटन सम्वन्धी शिक्षा र प्रत्यक्ष रुपमा पोखरा विमास्थलको अवलोकन र विमानमा कसरी यात्रुहरुलाई सेवा गर्ने भन्ने विषयमा पनि प्रत्यक्षरुपमा लगेर तालिम दिइने गरेको वताए ।

सुनसरीवाट तालिम लिन आएकी विमु लिम्बुले एकेडमीमा दक्ष तथा अनुभवी शिक्षकहरु भएकाले हामीलाइ अध्ययन गर्न पनि सजिलो भएको वताइन । शिक्षक-शिक्षिका पनि साथि जस्तै हुनु हुन्छ । उनले पढाइमात्र होइन प्राक्टीकल गर्दा सारै रमाइलो भइरहेको अनुभव सुनाईन् ।

यस तालिम संगै उनीहरुको १२ को रिजल्टमा उर्तीण भएमा नेपाल लगायत विभिन्न देशको विमान कम्पनीमा स्वयम एकाडमीको पहलमा जागीरको लागि आवेदन दिनको लागि सहयोग गरी हाल सम्म नेपाल लगायत राष्ट्रिय अन्तराष्ट्रिय विमान कम्पनीमा दजनौ विद्याथीले एयर होस्टेसको जागीर पनि खाइ रहेको सिइओ पन्तको भनाई छ ।

राम्रो लगाउने मिठो खाने तथा विश्वमा घुमफिर गर्न पाउने भएकाले साथै मासिक रुपमा राम्रो कमाइ हुने भएकोले पनि पछिल्ला वर्षहरुमा एयर होस्टेस पेशाप्रतिको क्रेज बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्