राम नवमी तथा हिन्दु एकता दिवस सम्पन्न



काठमाडौं, ११ चैत
राम नवमिको अवसर पारेर विश्व हिन्दु महासघले आज एक कार्यक्रम सम्पन्न गरेको छ । राम नवमी तथा हिन्दु एकता दिवस सङ्घको केन्द्रीय कार्यालय सितापाईलामा महासघले आफ्नो कार्यक्रम सम्पन्न गरेको हो । 
महासघका अन्तर्राष्ट्रिय अध्यक्ष उपेन्द्र बहादुर गौतमको उपस्थिति रहेको उक्त कार्यक्रममा स्थानिया महिलाहरुले भजन कृतनका साथै नाचगान समेत गरेका थिए ।  त्यसैगरी साना साना नानिहरुले राम सिताको रुपमा आकर्षक नाट्य अभिनय पनि प्रस्तुत गरेका थिए ।
रेणुका श्रेष्ठको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा महासघका अन्तर्राष्ट्रिय अध्यक्ष उपेन्द्र बहादुर गौतम तथा महासघका राष्ट्रिय अध्यक्ष सुमन गिरीले आफ्नो शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा प्रसाद समेत वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्