अमेरिकामा ल्होछार पर्व मनाइयो



डल्लास, अमेरिका, ४ फाल्गुन : तामाङ सोसाइटी अफ उत्तरअमेरिकाको आयोजनामा डल्लासमा ल्होछार पर्व मनाइएको छ ।

डल्लासमा पहिलो पटक आयोजना गरिएको कार्यक्रममा नेपालीहरुसँगै अन्य देशका नागरिक पनि उपस्थित भएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि उत्तर अमेरिकी तामाङ समाजका केन्द्रीय अध्यक्ष लक्यान लामा रहेका थिए । आयोजक संस्थाका अध्यक्ष छिरिङ तामाङले कार्यक्रममा सभापतित्व गरेका थिए ।

धार्मिक लामा गुरुबाट मन्त्रवाचन सहित कार्यक्रम शुरु भएको थियो । कार्यक्रममा नेपाल र अमेरिकाको राष्ट्रिय गीत पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु समेत राखिएको थियो ।

साभार : हिमालखबर

 

प्रतिक्रिया दिनुहोस्