बसन्त पंचमीको महत्व र बिशेषता



काठमाडौं, ७ माघ

बसन्त पंचमी बसन्त ऋतु आउने एक सूचक हो । माघ महिनाको पंचमी तिथिको दिन बिशेषत विद्याको देबी माता सरस्वातिको पुजा गर्ने गरिन्छ ।

यो दिन सरस्वातिको पुजा गर्दा बिद्या र बुद्दि प्राप्त हुने धार्मिक बिस्वास रहेको छ । यो दिन बिशेषत  पहेंलो लुगा लगाएर पुजा गर्ने चलन छ । हिन्दु धर्मग्रन्थ अनुसार यो दिन भगवान रामले सिता खोज्ने क्रममा एक अपरिचित भक्त महिलाले दिएको जुठो बयर खाएको दिनको रुपमा पनि लिने गरिन्छ । आजकै दिनबाट जाडो जाने पनि भनाई छ । त्यसैले यो दिनलाई जाडोको अन्तिम दिन पनि भन्ने गरिन्छ ।

यो दिन पुजा आराधना गर्दा घरका नकारात्मक शक्तिहरुको नस्ट हुने धार्मिक बिस्वास पनि रहेको छ । चार हात भएकी  सेतो पहिरनमा सझिने बिद्याकी देबी सरस्वातीहाँसमा सवार हुन्छिन् । एक हातमा माला अर्को हातमा पुस्तक बोकेकी र दुइवटा हात बिणामा राख्ने सरस्वाती कमलको फुलको आसन बनाउछिन् ।

सरस्वाती पुजाको दिन मेष राशीले रातो फूल, वृष राशीले निलो मसि भएको कलम, मिथुन राशीले पुस्तक,  कर्कट राशीले फूल र चन्दन, सिंह राशीले क्वाइन पैसा र फूल, कन्या राशीले कलम र पुष्प, मकर राशीले चामलको खिर, वृश्चिक राशीले बेसार र कपडा, कुम्भ राशीले मिश्री, धनु र मिन राशीले पन्चामृत  चढाउदा बिशेस शैक्षिक लाभ मिल्ने धार्मिक बिस्वास रहेको छ ।

यो दिन नयाँ कामको सुरुवात गर्ने पनि चलन रहेको छ ।  यो दिनमा कामको थालनी गर्दा सफलता मिल्ने बिस्वास समेत रहेको छ । बिशेषत यो दिन साना-साना बालबालिकाहरुलाई बिद्यालयमा लगेर भर्ना गर्ने गरिन्छ ।

बिद्यालयहरुले यो दिन बिद्यालयमा बिद्यार्थीहरुसंगै  सरस्वाति माताको बिशेष पुजा गर्दै प्रसादका रुपमा फलफुल र मिठाई खाने गर्दछन । यो दिनलाई बिद्यार्थीहरु आफ्नो बिशेष दिनको रुपमा लिने गर्दछन् ।

सरस्वाती माताको पुजा आराधना गर्दा :

ॐ अर्हं मुख कमल वासिनी पापात्म क्षयम्कारी,

वद वद वाग्वादिनी सरस्वती ऐं ह्रीं नमः स्वाहा॥

ॐ ऐं वाग्देव्यै विद्महे कामराजाय धीमहि। तन्नो देवी प्रचोदयात्॥

ॐ ऐं ह्रीं श्रीं वाग्देव्यै सरस्वत्यै नमः॥  जस्ता मन्त्रहरुको जप गर्ने गरिन्छ  ।

यस दिनलाई बसन्त पंचमी, श्री पंचमी, ज्ञान पंचमी जस्ता नामले पनि पुकार्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्