नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रर्दशनी जारी



काठमाण्डौ, २७ पुस , मेघराज पहाडी

नेपाली साहित्यमा रुचि राख्ने साहित्यानुरागीहरुलाई लक्षित गरी नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा पौष २५ देखि प्रतिष्ठानकै हलमा पुस्तक प्रर्दशनी जारी रहेको छ ।

प्रर्दशनीमा प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली भाषा, दर्शन, साहित्य, समाजशास्त्र लगायतका पुस्तकहरु राखिएको छ । प्रर्दशनीमा राखिएका पुस्तकहरुको मुल्य रु. ३ देखि रु. १४०० सम्म रहेको छ । मेलामा पुस्तक खरिद गर्दा १५ देखि ६० प्रतिशत सम्म छुट दिईएको जानकारी प्रर्दशनीका सह–संयोजक महेश्वर थापा मगरले जानकारी दिए ।

मेलामा साहित्यप्रेमीहरुको बाक्लो उपस्थिति देखिएको थियो । पुस्तक विक्रिबाट प्रतिष्ठानले दैनिक रु १५००० ।– भन्दा बढि आम्दानी गरिरहेको छ । मेला माघ १० गते सम्म जारी रहने प्रर्दशनीमा विदाको दिन बढि घुईचो रहने आयोजकले बताए ।

 

प्रतिक्रिया दिनुहोस्