रुओन नेपालद्धारा अन्तर्राष्ट्रिय युुवा दिवस भव्य रुपमा सम्पन्न



२०७४ साउन २८

अन्तर्राष्ट्रिय युवा दिबसको अवसर पारेर रुओन नेपालले सिन्धुलीमा बृहत र्यालीका साथसाथै सघन यौनिकता शिक्षा, सुरक्षित गर्भपतन र विवाह समानताको बारेमा ५० जना भन्दा बढी युवासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । यौन तथा प्रजनन स्वास्थय अधिकारमा युवाको भुमिका र त्यस विषयकोे बारेमा जानकार गराउदै छलफल गरीएको थियो । युवालाई यस विषयको बारेमा राम्रोसँग जानकार नहुनु, अशिक्षा, कम उमेरमा विवाह, जनचेतनामुलक कार्यक्रमको अभाव, स्रोत साधनमा कम पहुच आदि कारणले युवा यस्ता समस्याहरुको सिकार बनिरहेको कुरा सहभागीहरुले बताए । भविष्यमा यसलाई कम गर्न आफुले गर्न सक्ने सहयोग र पहल गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्