न्यू योर्कमा नेपालीको आफ्नै सांस्कृतिक भवन बन्दै



परिवर्तन खबर, काठमाडौँ ।

न्यू योर्कमा दोस्रो श्रीमद् भागवत महापुराण सप्ताह अगस्ट २३ बाट शुरु भएर २९ तारिख सम्म जारी रहने छ । सप्ताहको वाचन नेपालका चर्चित पंडित दीनबन्धु पोखरेलद्वारा भईरहेको छ । रिजवुड नेपाली समाजद्वारा नेपाली सामुदायिक भवन र दुर्गा मन्दिर निर्माणार्थ गरिएको महापुराणको चर्चा न्यू योर्कमा मात्र नभएर काठमाण्डौ सम्म फैलिएको छ ।

पहिलो श्रीमद् भागवत महापुराण सप्ताह २०१० अगष्ट ९–२५ तारिखमा भई ५ लाख २५ हजार अमेरिकी डलर रकम संकलन भएको थियो । सो रकमबाट रिजवुड नेपाली समाजद्वारा नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरको लागि 1647 Hancock Street, Ridgewood   मा जग्गा किनेको छ । दोस्रो श्रीमद् भागवत महापुराणबाट उठेको रकमले नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिर निर्माण गरिने छ ।

रिजवुड नेपाली समाजद्वारा आयोजना गरिएको पुराणलाई सहयोग गरी सफल पार्न प्रवासी नेपाली मञ्च अमेरिकाले आफ्ना सदस्यहरुलाई निर्देशन दिएको जानकारी प्रवासी नेपाली मञ्च टेक्सास राज्य कमिटिका सचिव लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।

तराईमा भर्खरै आएको बाढिबाट पिडितलाई तत्काल सहयोग गर्न तथा दाङका कमलरी बालबालिकाहरुलाई विद्यालय पोशाक र स्टेस्नरी बितरणको लागि वा भूकम्पम्ले सखाप पारेको सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्लाका विभिन्न स्थानहरुमा खाद्यान्न वितरणमा सहयोग गर्नु भएका समाजसेवी तथा एन आर एन अमेरीकाको निर्वाचनमा बोर्ड अफ डाईरेक्टरका उम्मेदवार सन्जय थापाले यो पुराणलाई नेपालीको गर्व सँग जोडिएकोले आफु, आफ्नो परिवार र प्रवासी नेपाली मन्चले आफ्नै ठानेर सहयोग गरिरहेको बताउनु भयो । सामाजिक, आर्थिक, प्राज्ञिक र  राजनैतिक क्षेत्रका नेपालीहरुले आफ्नो गर्व र संस्कृतिसँग जोडेर महापुराण सप्ताहलाई  हेरेकोले यो पुराणमा आवश्यक रकम जम्मा भई केहि वर्ष भित्र न्यू योर्कमा  नेपालीहरुको आफ्नै सास्कृतिक भवन हुने थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्