उर्मिला लाम्गादेको ‘ख्रीष्टको प्रेममा’ म्युजिक भिडियो सार्वजनिक



काठमाडौँ — गायिका उर्मिला लाम्गादेको नयाँ ख्रीष्टियन म्युजिक भिडियो ‘ख्रीष्टको प्रेममा’ सार्वजनिक भएको छ। आध्यात्मिक भावनामा आधारित यस गीतमा शब्द तथा संगीत शंकर थापा ‘स्माइल’को रहेको छ भने संगीत संयोजन बिशम आचार्यले गरेका हुन्।

केशव राज भट्टको निर्देशन तथा कोरियोग्राफीमा तयार गरिएको म्युजिक भिडियोमा सम्राट अधिकारी, श्रृष्टि सुब्बा र देवेन्द्र बरालको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् भने सम्पादन मिलन विश्वकर्माले गरेका छन्।

ख्रीष्टको प्रेम, त्याग र करुणाको सन्देशलाई कलात्मक ढंगले प्रस्तुत गरिएको यस म्युजिक भिडियो स्वयम् गायिका उर्मिला लाम्गादेको आधिकारिक युट्युब च्यानल ‘उर्मिला लाम्गादे’ मार्फत सार्वजनिक गरिएको हो।

सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। गीत तथा भिडियोले ख्रीष्टियन संगीतप्रेमीहरू माझ विशेष आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्