
काठमाडौं । गायक सागर जंग कुँवर र चर्चित र्यापर भाइबर साइमनको सहकार्यमा तयार भएको नयाँ डान्स नम्बर ‘मस्त जवानी’ को आधिकारिक म्युजिक भिडियो सार्वजनिक गरिएको छ।


युवा पुस्ताको सांगीतिक रुचि र पछिल्लो ट्रेन्डलाई लक्षित गरी तयार गरिएको यो गीतमा तीव्र ताल, उच्च इनर्जी र रमाइलोपन समेटिएको छ। भिडियोमा मोडल बबिता बस्नेत र दिया अधिकारी ले ग्ल्यामरस र बोल्ड लुकमा प्रभावशाली उपस्थिति जनाएका छन्।

गीतको निर्देशन, छायांकन र सम्पादन सार्थक कुँवरले गरेका छन्। उनलाई भिडियोमा अन्तर्राष्ट्रिय स्तरको भिजुअल प्रस्तुति दिने उद्देश्यले विशेष फ्रेम, रंग संयोजन र स्टाइलिङमा विशेष ध्यान दिएको बताइन्छ।
सागर र भाइबर साइमनको जुगलबन्दी तथा मोडलहरूको दमदार प्रस्तुति मिलेर भिडियोले पूर्ण ‘पार्टी एन्थम’ को माहोल दिएको छ। ‘हाइ टेम्पो’ र ‘डान्स बिट’ भएका गीत मन पराउने दर्शकका लागि ‘मस्त जवानी’ एक आकर्षक सांगीतिक कोसेली बनेको छ।
गीत सागर जंग कुँवरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्: https://youtu.be/yPc_l4eTX6A?si=IscWVAvIa_J5DkZ6






