
काठमाडौं । नेपाली सांगीतिक भिडियो क्षेत्रमा आफ्नै परिचय स्थापित गरिसकेकी कलाकार आस्मा विश्वकर्मा पछिल्लो समय केही चुपचाप जस्तै देखिएकी थिइन्। तर दक्षिण भारतीय अभिनेता रामचरणले फिल्म पेड्डीमा रहेको ‘चिकिरी चिकिरी’ गीतमा गरेको नृत्यले उनलाई पुनः चर्चामा ल्यायो। यसैबीच आस्मा र नायक पुष्प खड्काले अभिनय गरेको नयाँ नेपाली गीतको भिडियो सार्वजनिक भएको छ।

‘मेरो ठुम्का देखेर’ शीर्षकको यस गीतमा शब्द माया मोक्तान र कृष्ण श्रेष्ठले लेखेका छन्। संगीतकारसमेत रहेका आशिक राईसँगै समिक्षा अधिकारीको आवाज रहेको गीतलाई क्यु थ्री इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो। गीतको एरेञ्जमेन्ट नरेन्द्र वियोगीले गरेका छन्।

भिडियोमा रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन् भने नरेश ऐरले छायांकन, कल्पेश विश्वकर्माले सम्पादन र आशिक राईले निर्देशन सम्भालेका छन्। सह–कलाकारका रूपमा कृष्ण श्रेष्ठ, माया मोक्तान र पूर्ण तामाङ पनि देखिन्छन्। डान्सिङ बीटमा बनेको यो भिडियो आकर्षक र मनोरञ्जक बनेको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्:
https://youtu.be/mqyrf4wXNFQ





