
काठमाडौं । गायक प्रेम सेनले नयाँ लोक–पप शैलीको गीत ‘हो नि रेशम’ सार्वजनिक गरेका छन्। सार्वजनिक भएको केही दिनमै यस गीतले दर्शक–श्रोतालाई आकर्षित गर्दै राम्रो प्रतिक्रिया बटुलिरहेको छ।

गीतमा अनिल स्थापितको शब्द, कल्याण सिंहको संगीत र सञ्जीव बराइलीको एरेन्ज रहेको छ। डोरेमी स्टुडियोकै भानुभक्त ढकालले रेकर्डिङ तथा मिक्सिङ गरेका हुन्।
रोमान्टिक शैलीमा तयार गरिएको भिडियोमा गायक प्रेम सेन स्वयं फिचर्ड छन्। भिडियोका कोरियोग्राफी तथा दृश्यकलालाई दिनेश पराजुलीले क्यामेरामा कैद गरेका छन् भने विकास धमलाले सम्पादन र कलर ग्रेडिङ गरेका छन्।

प्रेम सेनले केही महिनाअघि ‘आकाशैमा’ र ‘चरी बेसार’ सार्वजनिक गरेका थिए। डेढ दशकभन्दा बढी समयदेखिको सांगीतिक यात्रामा ‘सानी’, ‘तिम्रो पाउजु’, ‘आऊ गाऔं’, ‘तिमीले लाको चौबन्दी’ लगायत गीतले राम्रो लोकप्रियता कमाएका छन्।
‘हो नि रेशम’ आधिकारिक प्रेम सेन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।





