
र्यापर सुरेश कुँवर (भिलेन–३९) को नयाँ गीत ‘सोच’ को म्युजिक भिडियो सार्बजनिक भएको छ। आर एन्ड बी शैलीमा तयार गरिएको गीतका शब्द तथा संगीत स्वयं कुँवरकै सिर्जना हुन्।

दोलखाको धार्मिक, पर्यटकीय तथा प्राकृतिक महत्व बोकेका च्छो रोल्पा ताल, पवित्र दुध कुण्ड, र अन्य आकर्षक स्थलहरूमा छायांकन गरिएको भिडियो आकर्षक दृश्यीय संयोजनका कारण विशेष चर्चामा छ। भिडियोको छायांकन लोकेन्द्र सुब्बाले गरेका हुन् भने निर्देशन बिक्रम तिमल्सिनाले नेतृत्व गरेका छन्।

यसअघि ‘माया’, ‘रातको निन्द्रा’, ‘हामी नेपाली हो’ सहित दर्जनौँ गीत सार्वजनिक गरिसकेका कुँवरले ‘सोच’ आफ्ना अघिल्ला गीतभन्दा फरक दृष्टिकोणबाट तयार गरिएको बताए। उनका अनुसार ४५८० मिटर उचाइमा अवस्थित च्छो रोल्पा ताल र ४७०० मिटर उचाइको दुध कुण्डमा गरिएको छायांकन यस प्रकारका म्युजिक भिडियोमा दुर्लभ मानिन्छ। यस्ता भिडियोले हिमाली पर्यटन प्रवर्द्धनमा पनि योगदान गर्ने विश्वास उनले व्यक्त गरे।
भिलेन–३९ले आफ्ना आगामी गीतहरू पनि देशका विविध स्थानमा छायांकन गर्ने योजना बनाएका छन्।
गीतको म्युजिक भिडियो ‘Bhilen-39’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
Video Link: https://www.youtube.com/watch?v=S4gp7NGYsPI





