
काठमाडौँ । भजन गायक मनिष रञ्जन बरालको स्वरमा नयाँ भजन ‘हुनु पर्छ मनदेखि निर्मल’ सार्वजनिक गरिएको छ। बुधवार रिलिज गरिएको यस भजनमा बराल स्वयंले नै स्वर दिएका छन् भने शब्दहरू परम्परागत शैलीमा तयार पारिएका छन्।
यस भजनलाई केही समयअघि अन्य गायकहरूले पनि गाइसकेका भए पनि बरालले यसपटक नयाँ संस्करण सार्वजनिक गरेका हुन्। आर. के. मिलनको एरेन्जमा तयार गरिएको भजनको भिडियो दक्षिणकालीसहित विभिन्न स्थानमा छायांकन गरिएको छ।
दर्जनौँ भजन सार्वजनिक गरिसकेका बरालको ‘कहाँ होला बैकुण्ठ’ भजन विशेष चर्चित बनेको थियो। नयाँ भजन मनिष रञ्जन बरालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्: https://youtu.be/OHn1YzC1yFE





